फाइजरको खोप १२ वर्षभन्दा कम उमेर समूहमा पनि प्रयोग गर्न सकिने

५ असोज ७८, बुधबार

६ असोज, काठमाडौं ।

Advertisement

अमेरिकी फर्मा कम्पनी फाइजर इंकले बनाएको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्षको बालबालिकामा प्रयोगका लागि सुरक्षित रहेको जनाइएको छ।

फाइजर र उसको जर्मन साझेदार बायोएनटेकले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको समाचारहरुमा उल्लेख छ। खोपले सो उमेर समूहका बालबालिकाहरुमा पनि पर्याप्त मात्रामा एन्टिबडी उत्पादन गरेको जनाइएको छ।

Advertisement

कम्पनीले ५ वर्षदेखि ११ वर्षका बालबालिकाहरुमा यो खोप प्रयोग गर्न अनुमति माग गर्दै छिट्टै अमेरिकी नियामक निकाय समक्ष आवेदन दिने तयारी गरेको जनाएको छ।

अनुमति मिलेमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई समेत खोप लगाउन सकिनेछ। फाइजरको खोप अहिले विश्वभर १२ वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरुमा प्रयोग भइरहेको छ।

Advertisement

कम उमेरका बालबालिकामा खोपको प्रयोग संक्रमण फैलिन नदिन प्रभावकारी औजार हुने विश्वास सरोकारवालाको छ। यस उमेरका बालबालिकालाई अहिले युवा तथा वयस्कहरुलाई दिइरहेको खोपको एक तिहाइ मात्रै लगाइनेछ।

मात्रा कम भएपनि खोपको दुबै डोज लगाएपछि उनीहरुमा अन्य उमेर समूहको शरीरमा उन्पन्न भएको जत्तिकै एन्टिबडी पाइएको अनुसन्धानकर्ताले बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top