काठमाण्डौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ

६ असोज ७८, बिहीबार

७ असोज, काठमाडौं ।

Advertisement

काठमाडौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ परेका छन् ।

गएराति साढे १२ बजे काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ र सात बुक ताससहित १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।

Advertisement

स्थानीय कमल दाहालको घरमा तास खेलिरहेका बेलामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, काठमाण्डौको कपनबाट पनि जुवातास खेलिरहेका ६ जना २५ हजार ५ सय ५ रुपैयाँसहित पक्राउ परेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top