भारतले थप १० लाख डोज कोभिशिल्ड चाँडै उपलब्ध गराउँछ -राजदूत आचार्य

७ असोज, काठमाडौं ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतले उपलब्ध गराउने भनेको थप १० लाख डोज कोभिशिल्ड खोप नेपालले छिट्टै पाउने बताएका छन् ।

नेपालले गत वर्ष भारतको पुनेस्थित सेरम इन्स्टिच्युटबाट माग गरेको २० लाख डोज कोभिशिल्ड खोपमध्ये बाँकी १० लाख डोज अझै पाएको छैन । खोप अभाव देखाउदै भारतले नेपाललाई थप डोज मे महिनामा रोकेको थियो ।

‘आउनुपर्ने बाँकी १० लाख डोजसहित खोप आपूर्ति पुनः सुरु हुने आशा गरेका छौं । कोभिडविरुद्धको लडाइँमा हामीले भारतबाट अक्सिजन प्लान्ट र औषधिसमेत प्राप्त गरेका छौं,’ भारतीय समाचार संस्था एएनआईलाई आचार्यले भनेका छन् । कोभिड नियन्त्रणमा भारतले गरेको सहयोगप्रति राजदूत आचार्यले धन्यवादसमेत दिएका छन् ।

भारतले नेपाललाई २० लाख खोप बिक्री गर्ने र १० लाख अनुदान दिने जनाएको छ ।

अर्को एक प्रसंगमा राजदूत आचार्यले उत्तराखण्डमा नेपाल र भारतका सेनाबीचको सैन्य अभ्यास ‘रक्षा सहकार्यको उत्कृष्ट उदाहरण’ भएको टिप्प्णी गरेका छन् । सीमा क्षेत्रमा केही समस्य देखिए पनि यसले दुई देशबीचको सम्बन्धमा फरक नपार्ने उनले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top