Nepal Times
Nepal Times
3
Shares

रुरु जलविद्युतको सेयर मूल्य समायोजन

रुरु जलविद्युतको सेयर मूल्य समायोजन

७ असोज, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार रुरु जलविद्युत परियोजनाको सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ एक हजार दुई सय ६ रुपैयाँ निर्धारण गरेको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यको आधारमा मूल्य समायोजन गरेको हो । बुधबार कम्पनीको सेयर प्रतिकित्ता एक हजार तीन सय २७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यको आधारमा बिहीबार कारोबार खुल्नेछ । कम्पनीले १६ असोजमा वार्षिक साधारण सभा आह्वान गरेको छ । जलविद्युत कम्पनीले साधारण सभा प्रयोजका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे देखि भर्चुअल माध्यमबाट हुनेछ।

सभामा आर्थिक वर्ष २०७६÷०७७ को नाफाबाट करसहित १० दशमलव ५२ प्रतिशत नगद लाभांश र २०७७÷०७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर सोबापत लाग्ने कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेस हुनेछ । साथै, संस्थापक समूहबाट पाँचजना र सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.