एमाले एमसीसीको पक्षमा छ : नेता प्याकुरेल

७ असोज ७८, शुक्रबार

८ असोज, महोत्तरी ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले माधव नेपालले शेरबहादुर देउवालाई सोधेर पार्टी खोलेको आरोप लगाएका छन् ।

सहिद कृष्णबहादुर स्याङतानको स्मृति दिवसमा सहभागी हुन महोत्तरी पुगेका नेता प्याकुरेलले देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका नेपाल कुनै हालतमा कम्युनिस्ट हुन नसक्ने जिकिर गरे ।

माधव नेपालको पार्टी विभाजनले आफूहरूलाई तीन प्रतिशत पनि असर नपरेको उनले बताए । उनले एमालेबाट प्रदेश सभा छोड्नेहरू पनि समानुपातिक सांसद रहेको उनले बताए ।

उनले कांग्रेस भन्दा आफूहरू बलियो रहेको बताएका छन् । एमसीसीको विषयमा अनावश्यक हल्ला नगर्न उनको आग्रह छ । उनले एमाले एमसीसीकै पक्षमा रहेको बताए ।

’एमसीसी जनताको हितमा छ । यसको विरुद्धमा नबुझेर अनावश्यक हल्ला गर्नू आवश्यक छैन’, उनले भने ।

प्रतिनिधि सभा बारे बोल्दै उनले सभामुखले आत्मआलोचना नगरेसम्म एमालेले बैठक बहिष्कार नै गरिरहने बताए । नेकपा एमालेले बैठकलाई बहिष्कार गर्दागर्दै पनि संसदबाट बजेट, नीति तथा कार्यक्रम पास गराउनु दुखद भएको नेता पोखरेलको भनाइ छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top