प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलाससम्बन्धी मुद्दामा आज टुंगो लाग्दै

८ असोज, काठमाडौं ।

प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास गठन हुन सक्छ कि सक्दैन भन्ने मुद्दाको सम्भवतः आज टुंगो लाग्ने भएको छ ।

संवैधानिक परिषदले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइमा प्रधानन्यायाधीश बस्न नमिल्नेविरुद्धको रिटमाथिको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

प्रधानन्यायाधीशले सो मुद्दाको सुरु र फैसलाको दिन आफू नबस्ने भनेको भन्दै उक्त निर्णय संविधानविपरित भएको दाबीसहित अधिवक्ता गणेश रेग्मीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा उक्त मुद्दा सुनुवाइ हुने भएको हो । न्यायाधीश हरि फुँयालको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेसी तोक्न दिएको आदेश बमोजिम आज पेसी तोकिएको हो ।

सर्वोच्च अदालतले भने लिखित जवाफमा संविधान बमोजिम प्रधान न्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन नसक्ने जवाफ पेस गरेको छ । प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्ने कि नबस्ने भन्ने मुद्दाको टुंगो लागेपछिमात्र संवैधानिक नियुक्तिहरुविरुद्धको रिटमाथि सुनुवाइ अघि बढ्ने जनाइएको छ ।

 

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top