चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै दमककाे एड्भान्स अस्पताल तोडफोड

८ असोज ७८, शनिबार

९ असोज, झापा।

झापाको दमकस्थित एड्भान्स अस्पतालमा तोडफोड भएको छ । चिकित्सकको लापरवाहीले ११ महिने शिशुको मृत्यु भएको भन्दै पीडित परिवार तथा आफन्तले शनिबार अस्पतालमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट अस्पतालको संरचनामा क्षति पुगेको छ । तोडफोडमा संलग्न एक दर्जन बढीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । झापा कमल गाउँपालिका–१ का ११ महिने बालक सिर्जन खड्काको शुक्रबार अस्पतालमा मृत्यु भएको थियो ।

परिवारका सदस्यकाअनुसार विरामी बालक कोरोना संक्रमित थिए । निमोनिया पनि थियो । एडभान्स अस्पतालमा डा. अनिल थापाले विरामी हेरे । कोभिड संक्रमित भएकाले भर्ना गरेर राख्न मानेनन् । अरु बालबालिकामा सर्ने भएकाले घरमै लैजान सुझाए ।

अन्य अस्पतालमा रिफर पनि गरिएन । तर डाक्टर थापाले बालकलाई आधा घण्टाको फरकमा दुईटा सुई स्थानीय स्वास्थ्यकर्मीबाट लगाउन सिफारिस गरे । तर स्थानीय स्वास्थ्यकर्मीले तीन मिनेटको फरकमै लगाइदिएको पीडित परिवारले बताएको छ । ‘तीन मिनेटमै दुईटा सुई लगाएपछि बालकलाई गाह्रो भयो । हामी बाबु बोकेर फेरि अस्पताल गयौं । अस्पताल आएको केही समयमा बाबुको मृत्यु भयो । डाक्टरले लापरवाही गर्‍यो । हिजै हाम्रो बच्चा राखिदिएको भए मर्दैनथ्यो,’ मृतकका आफन्त सरोज खड्काले भने ।

चिकित्सकको लापरवाहीले बच्चा मरेको भनेर पीडित परिवारले शव पनि उठाउन मानेका छैनन् । हिजोदेखि शव अस्पतालमै छ । खड्काका अनुसार विहान अस्पताल प्रशासनले उनीहरुसँग छलफल गरेपनि  आफूहरुको कुरा नसुनेको र स्वास्थ्यकर्मीको मात्रै सुनेको खड्काको गुनासो छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top