कर्णालीका मुख्यमन्त्रीको गलामा लगाइएको मालाको मूल्य एक लाख !

१० असोज, सुर्खेत ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलिकोप्टरका शौखिन छन् । उनी कहिले हेलिकोप्टर चार्टर गरेर मुगु,कालिकोट, जुम्ला हुम्ला पुग्छन् त कहिले डोल्पा ।

०७६÷७७ मा मुगु, कालिकोट, हुम्ला र जुम्लामा सामुदायिक नर्सिङसम्बन्धी कार्यक्रमको अनुगमनमा हेलिकोप्टर चार्टर गरेर मुख्यमन्त्री शाहीले १० लाख सकेपछि महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणमा प्रश्न उठाएको थियो ।

तर, उनै मुख्यमन्त्री फेरि हेलिकोप्टर चढेर शनिबार डोल्पा पुगे । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासहितलाई लिएर हिँडेका मुख्यमन्त्री शाहीले चार लाखको हवाइ इन्धन खर्चेका छन् । इन्धन खर्च जगदुल्ला गाउँपालिकाले तिरेको छ ।

उनको यो भ्रमणमा अर्काे अनौँठो दृष्य देखियो । गलामा मालाको भारी । शाही र बुढासँगै खर्चे बेहोर्ने डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नरसिंह रोकायाको गलामा ४०÷४० किलोको १ लाख मूल्यको माला थियो ।

हिमाली पाटनको फूल ल्याउन र माला बनाउन एक लाख रुपैयाँ खर्च खर्च भएको गाउँपालिका स्रोतले जानकारी दिएको छ । जसमा श्रमिकको ज्याला पनि जोडिएको छ ।

शनिबार डोल्पाको जगदुल्ला गाउँपालिका–६ स्थित एक आवासीय विद्यालय र गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न मुख्यमन्त्री शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बुढा हेलिकप्टर चढेर गएका डोल्पा पुगेका थिए ।

१ करोड २३ लाख ८६ हजार रुपैयाँ लागतमा दलित आवासीय विद्यालय सञ्चालन भएको र विद्यालयमा पालिकाले ७० प्रतिशत र प्रदेश सरकारले तीस प्रतिशत रकम लगानी गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले बताए । ‘कक्षा पाँचसम्म विद्यालयमा नै बसेर बढ्न पाउने छन्,’ उनले भने, ‘यो विद्यालय गाउँपालिकाको नमूना विद्यालय पनि हो ।’

गाउँपालिकाको प्रशासनिक भवनको पनि उदघाटन गरेका छन् । गाउँपालिकाको ७० प्रतिशत र संघीय सरकारको तीस प्रतिशत बजेट रहेको उक्त भवन निर्माणका लागि चार करोड ४३ लाख १० हजार खर्च भएको अधिकृत जैसीले बताए । ४० किलोको माला लगाएको विषयमा सामाजिक सञ्जालमा शाही,बुढा र रोकायामाथि टिप्पणी भइरहेको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top