जर्मनीमा आज आमचुनाव हुँदै

१० असोज, एजेन्सी ।

युरोपियन देश जर्मनीमा आज आमचुनाव हुँदैछ । चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

एङ्गेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन ल्यानसेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालिना बेरबोकबीच प्रतिस्पर्धा हुन लागेको हो ।

सन् २००५ देखि लगातार १६ वर्षसम्म शासन गरेकी ६७ वर्षीय मर्केलले यसअघि नै यो चुनावमा नलड्ने बताउनुभएको थियो । मर्केलको उत्तराधिकारी छान्ने भएकाले यो चुनावलाई निक्कै महत्त्वका साथ हेरिएको छ ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीका लागि यो चुनाव एक अर्को युगको सुरुवात हुने समाचार संस्था रोयटर्सले जनाएको छ । जर्मनीमा ६ करोडभन्दा बढी मतदाता छन् । त्यहाँ प्रत्यक्ष र समानुपातिक गरी मिश्रित चुनाव प्रणाली छ ।

जर्मनीको तल्लो सदनमा ५ सय ९८ जना सदस्य चयन गर्नेछन् । तिनै सदस्यले बहुमतको आधारमा जर्मन चान्सलर चुन्नेछन् । तल्लो सदनमा स्पष्ट बहुमत प्राप्त नभए गठबन्धनको सरकार बन्नेछ । निर्वाचनको परिणाम आजै आउनेछ । मर्केल विश्वका शक्तिशाली व्यक्तिको सूचीमा समेत परेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top