अमेरिका पुगेर परराष्ट्रमन्त्रीले भने- एमसीसी संशोधन हुदैन

११ असाेज, काठमाडाैँ ।
विश्वका अधिकांश देशबाट प्रतिनिधित्व गर्दै राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य प्रतिनिधीहरु विश्वको साझा थलो साझा मन्च संयुक्त राष्ट्रसंघको महासभामा आफ्ना कुरा राख्न अमेरिकाको न्युयोर्कं पुगेका छन् । राष्ट्रसंघको जारी ७६ औं महासभामा नेपालका तर्फबाट नवनियुक्त परराष्ट्र मन्त्री डा नारायण खड्काले प्रतिनिधित्व गरेका छन्।

Advertisement

महासभाको ‘साइडलाइन वार्ता ’ अन्तर्गत आइतबार परराष्ट्रमन्त्री खड्काले समकक्षी भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन् । खड्का परराष्ट्रमन्त्री भएको पाँचौँ दिनमा भारतीय समकक्षीसँग पहिलो भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री नियुक्त भएकै दिन ६ असोजमा जयशंशरले बधाई दिँदै उनीसँग सहकार्य गर्न प्रतिक्षारत रहेको उल्लेख गरेका थिए ।

न्यूयोर्कमाभएको उक्त भेटवार्तामा दुई मुलुकबीचको विशेष सम्बन्धलाई थप अगाडी बढाउने विषयमा छलफल भएको बताइएको छ ।दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ ले नेपाल र भारतका जनताको जीवन र आजिविकामा निम्त्याएको चुनौतीको मिलेर सामना गर्न सहमति जनाएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले एक प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ ।

Advertisement

मन्त्री डा.खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरेको विज्ञप्तिमा उल्लेख छ ।परराष्ट्रमन्त्री खड्काले अन्य मुलुकका प्रतिनिधिहरूसँग पनि भटेघाट गरिरहेका छन् । यस्तै आजै उनले नेपालको महावाणिज्य दूतावासको निरीक्षण गरी प्रभावकारी ढङ्गले कन्सुलर सेवा प्रवाह गर्न तथा आर्थिक, कूटनीतिलाई विशेषरुपमा अघि बढाउन निर्देशन दिएकाछन् । मन्त्री खड्का गैरआवासीय नेपाली सङ्गठनले आयोजना गरेको अर्को कार्यक्रममा सहभागी भई मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति लगानी, पर्यटन प्रवद्र्धन लगायत क्षेत्रमा लगानी जुटाउन आह्वान गरेको पनि उक्त नियोगले जनाएको छ ।

सो क्रममा परराष्ट्रमन्त्री खड्काले एमसीसी संशोधन हुननसक्ने पनि जिकिर गरेकाछन्। मन्त्री खड्काले एमसीसीको आफ्नै अन्तर्राष्ट्रिय मापदण्ड भएको र यसको आफ्नै प्रकिया रहेकाले नेपालले संशोधन गर्दा एमसीसी लागू भएका देशसमेत प्रभावित हुने भएकोले संशोधन कठिन हुने बताएका छन् । उनले एमसीसीका लागि राष्ट्रिय सहमति अपरिहार्य रहेको पनि बताए ।एमसीसी बारे भइरहेका टिकाटिप्पणीलाई उनले अनर्गल प्रचार भएको बताएका छन् ।यो विशुद्ध अनुदान भएको, एमसीसीका कारण न अमेरिकी सेना नेपाल भित्रिन्छ न त राष्ट्रियता कमजोर हुने उनले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै मन्त्री खड्काले आफू सत्तामा हुँदा एमसीसी बिना संसोधन पास हुनु पर्ने बताउने ओली सरकार बाहिर रहँदा संशोधनको माग गरेर दोहोरो चरित्र देखाउनु विकासका लागि बाधक भएको बताए ।उनले एमसीसी नेपालको आवश्यकता भएको पनि उल्लेख गरेका छन् । परराष्ट्रमन्त्रीले सोमबार नै महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top