नेकपा एस विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने, माधवले देउवालाई बुझाए लिष्ट

Share this
671shares

११ असाेज, काठमाडौं।

Advertisement

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ। एकीकृत समाजवादीले खतिवडाको नेतृत्वमा गठबन्धन सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाइसकेको एक  नेताको दाबी छ। उनले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई दिएको बताए ।नेकपा एसले ६ मन्त्रालय पाउँदैछ । बाँकी एकजना भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई पठाउने तयारी छ ।

Advertisement

कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय राखेको छ भने एकीकृत समाजवादीलाई ६ मन्त्रालय भागवण्डा परेको छ। तर, कुन मन्त्रालयमा को जाने भन्ने चाहिँ टुंगो नलागेको ती नेताले बताए।

आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी छ। खारेज भएको सिफारिस राष्ट्रपतिले जारी गरे लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मंगलबारसम्म मन्त्रिपरिषद् विस्तार हुने नेताहरुले बताएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top