Nepal Times
Nepal Times
3
Shares

११ देशका राजदूतहरू पाेखरामा पदयात्रा गर्दै, स्थानीयले गरे भव्य स्वागत (फाेटाे फिचर)

११ देशका राजदूतहरू पाेखरामा पदयात्रा गर्दै, स्थानीयले गरे भव्य स्वागत (फाेटाे फिचर)

११ असाेज, कास्की ।

४२ औँ विश्व पर्यटन दिवस मनाउन ११ देशका राजदूतहरूको टोली कास्कीकोट पुगेको छ ।

तीन दिने भ्रमणका लागि आइतबार साँझ मात्र पोखरा आएको टोली सोमवार बिहानै पद यात्रामा निस्केको हो । टोलीले कास्कीकोटमा रहेको दक्षिण एसियाकै पहिलो अपाङ्गमैत्री पदयात्रा मार्गबाट हाइकिङ सुरु गरेको थियो ।

गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न देशका राजदूत सहित कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिसहित २५ जनाको टोली पदयात्रामा छ ।

हाइकिङमा निस्केको टोलीलाई परम्परागत पोशाकमा सजिएका भुजेल गाउँ होमस्टेका आमाहरूले रैथाने खाजा (रोटी र गुन्द्रुकको अचारले स्वागत गरेका थिए । बिहानको हाइकिङमा खाएको सेल रोटी र स्थानीयले पञ्चेबाजा सहित गरेको भव्य स्वागत देखेर साउदी अरबका राजदूतले भने “यहाँको सस्कृती र प्रकृतिको म कसरी व्याख्या गरूँ हिमाल र सुन्दर मान्छेहरूको आतीथ्यताले मलाई निकै लोभ्याएको छ ।”

कास्कीकोटबाट देखिने मनोरम हिम श्रृङखलाहरुको दृश्य देख्दा नेपालका लागि जर्मन राजदूत . डा. थोमस प्रिन्जले भने “कति सुन्दर ठाउँ ”सुन्दर प्रकृति काखैमा हिमाल देखिने कुमारी हिमाललाई देखाउँदै उहाँले भन्नुभयो नेपाल साँच्चै स्वर्ग रहेछ । यो ठाउँ घुम्नै पर्ने ठाउँ रहेछ । एकै पटक समथर भूभाग, हरियाली पहाडका टाकुरा अनि सुन्दर हिमालय अहो यो साँच्चै मनमोहक छ । ”

अघिल्लो महिना मात्र राजदूत भएका प्रिन्ज जस्तै अधिकांश राजदूत तथा कूटनीतिक निकायका व्यक्तिहरूले पदयात्रा निकै रमाइलो र सुन्दर भएको बताए ।

कोरियाका राजदूतले कास्कीकोटको ऐतिहासिकता देख्दा अचम्म लागेको र आफु फेरी घुम्न आउने बताए । शाहवंशको उद्गमस्थल मानिने कास्कीकोट दरबार, कश्यप ताल हुँदै सराङकोटसम्म हाइकिङ गरिएको थियो ।

नेपालमा शाहवंशको सुरु भएको कास्कीकोटको दरबार त्यस वरपर रहेका प्राचीन किल्लाहरू बारेको जानकारी लिएका राजदूतहरूको टोलीले नेपाल सुरक्षित छ यस्तो सुन्दर ठाउँमा भ्रमण गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएका थिए ।

टोलीले अपराह्न ५ बजेबाट सुरु भएको मिनी सडक महोत्सव अवलोकन गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.