×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

चीनका हरेक दम्पत्तिले अब बच्चा जन्माउनै पर्ने बाध्यता

१५ आश्विन २०७८

१५ असाेज, एजेन्सी ।

विश्वमा हरेक क्षेत्रमा आफूलाई सर्वश्रेष्ठ र अब्बल सावित गर्दै आएको चीन जनसंख्याका हिसाबको विश्वको सबैभन्दा ठूलो राष्ट्र हो । अहिले त्याहाको जनसंख्या १ अर्ब ४० करोडभन्दा बढी छ । तर अबको ४५ वर्षपछि भने चीनको जनसंख्या यति नै नरहन सक्ने एक अध्ययनले देखाएको छ । विश्वका धेरैजसो राष्ट्रहरुको जनसंख्या दिनप्रतिदिन बढिरहेको छ ।

Advertisement

कतिपय देशका लागि बढ्दो जनसंख्याले भोकमरी गरिबी बढ्ने भन्दै चिन्ताको विषय बनिरहदा चीनमा भने जनसंख्या घट्ने भएपछि कसरी बढाउने भन्ने चिन्ताको विषय बनेको छ । चीनको जनसख्या घट्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ । एउटा नयाँ अध्ययनले अहिलेकै दरमा चिनियाँ महिलाहरूले सन्तान जन्माउने हो भने ४५ वर्षपछि चीनको जनसंख्याको अहिलेको भन्दा आधा कम हुने देखाएको छ । द साउथ चाइना मर्निङ पोष्टका अनुसार सियान जियाटोङ विश्वविद्यालयका प्राध्यापक जियाङ छ्वानवाओ र उनका सहकर्मीहरूले गरेको अध्ययनमा यसअघि अनुमान गरेभन्दा निकै तीव्र गतिमा चीनको जनसंख्या घट्न सक्ने चेतावनी दिइएको छ ।

संयुक्त राष्ट्र संघको एउटा अध्यननले सन् २०६५ सम्म पनि चीनको जनसंख्या १ अर्ब ३० करोड हुन सक्ने देखाएको थियो। उसको अध्ययनमा चिनियाँ महिलाहरूले औसतमा १.७ बच्चा जन्माउने अनुमानमा आधारित थियो। ल्यान्सेटले गरेको अर्को अध्ययनले सन् २१०० सम्म चिनियाँ जनसंख्या अहिलेको भन्दा आधा हुने प्रक्षेपण गरेको थियो। चिनियाँ विश्वविद्यालयका प्राध्यापकहरूले नै गरेको अध्ययनले भने जनसंख्यालाई घट्न नदिन जन्मिनुपर्ने बच्चाहरूको संख्या निकै कम भएको देखाएको हो। उनीहरूले यसका लागि गत वर्षको तथ्यांकलाई आधार मानेका थिए। चीनमा गत वर्ष औसतमा एक महिलाले १.३ बच्चा जन्माएका थिए। जनसंख्यालाई सन्तुलनमा राख्न एक महिलाले कम्तीमा दुई बच्चा जन्माउनु पर्ने विज्ञहरू बताउँछन्। यदि चिनियाँ महिलाहरूले औसतमा एउटामात्र बच्चा जन्माए भने २९ वर्षपछि चीनको जनसंख्या आधा हुने उक्त अध्ययनमा भनिएको छ।

अहिले नै चीनमा बच्चाहरूको संख्या १७ प्रतिशत छ भने ६० वर्ष माथिका मानिसको संख्या १८ प्रतिशतभन्दा बढी छ । चिनियाँ इतिहासमा पहिलो पटक बच्चाभन्दा वृद्धहरूको संख्या बढी भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनमा सन् १९४९ मा कम्युनिष्ट पार्टीले सत्ता चलाउन सुरू गरेको थियो । त्यसयता सन् १९५९–६१ मा चीनको जनसंख्या घटेको थियो । जनसंख्याको वृद्धिदर निकै बढेपछि सन् १९८० मा चीनले एक बच्चामात्रै जन्माउन पाउने नीति लागू गरेको थियो । ३५ वर्षपछि सन् २०१५ मा चिनियाँ अधिकारीहरूले एक बच्चाको नीति हटाएर एक दम्पतीले दुई बच्चा जन्माउन पाउने बनाए पनि चीनमा जनसंख्या बढ्न नसकेको हो। यसै वर्ष चीन सरकारले तीन बच्चा जन्माउन दम्पतीलाई प्रोत्साहन गर्ने निर्णय गरेको थियो। चीनमा गहिरिँदै गएको जनसंख्या घट्ने समस्यालाई रोक्न महत्वपूर्ण कदम चाल्न आवश्यक भएकाले यस्तो निर्णय गरिएको हो।तेस्रो बच्चा जन्माउन प्रोत्साहनस्वरूप रिटार्यड हुने समय सार्ने, युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिने, चाइल्डकेयर सेवा सुधार्ने, सुत्केरी विदा बढाउने र चाइल्ड बर्थ इन्सुरेन्स गर्नेलगायतका कुराहरू गरिने जनाइएको छ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top