मुख्यमन्त्री राउतलाई पाकिस्तानी प्रधानमन्त्रीसँग जोडेर पुत्ला दहन

१७ असोज, बारा ।

Advertisement

राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ ।

अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतलासमेत दहन गरेको छ ।

Advertisement

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले मुख्यमन्त्री राउतले पाकिस्तानको इशारामा प्रदेश २ लाई तालिबान बनाउन खोजेको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गरेका छन् ।

उनले भने, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन्, यस्ता भ्रष्ट मुख्यमन्त्रीलाई पदमा बसी राख्न कुनै औचित्य छैन।’

Advertisement

विश्वका अधिकांश देशमा मदरसामाथि प्रतिबन्ध लागिरहेको बेला नेपालमा मदरसा शिक्षा विधेयक ल्याई प्रदेश २ लाई तालिबान संस्कृतितिर धकेल्न लागिएको अन्य वक्ताहरूले आरोप लगाएका थिए ।

उनीहरूले ‘इमरान खान मुर्दावाद, मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top