×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

उपत्यका छाड्नेभन्दा भित्रिने यात्रु धेरै

१७ आश्विन २०७८

१७ असोज, काठमाडौं ।

यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । दशैं नजिकिए पनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ ।

Advertisement
Advertisement

मानिसमा कोभिड महामारीको त्रास अझै रहेको र चाडपर्वको उत्साह पनि घटेकाले दशैं मनाउन घर जाने यात्रुको संख्यामा कमी आएको बताइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार असोज १५ गते ६ हजार ५०० सवारीसाधनबाट २ लाख २७ हजार ५०० यात्रु उपत्यका छाडेर बाहिरिएका छन् भने सोही दिन ६ हजार ८०० सवारीसाधनमा २ लाख ३८ हजार यात्रु उपत्यका भित्रिएका छन् ।

यस दिन उपत्यका बाहिरिने भन्दा भित्रिने यात्रुको संख्या १० हजार ५०० बढी छ । महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले मानिसमा कोरोना महामारीको त्रास बाँकी नै रहेकाले अघिल्ला वर्षको तुलनामा यस वर्ष दशैं मनाउन घर फर्कने यात्रु कम रहेको बताए । उनका अनुसार असोज १४ गते पनि उपत्यका बाहिरिनेभन्दा भित्रिने यात्रुको संख्या धेरै थियो ।

सरकारले असोज ११ गतेदेखि लामो दूरीका यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएर अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले असोज १ देखि ११ गतेसम्म उपत्यका छाडेर जाने यात्रु ३ लाख हाराहारीमा मात्र रहेको बताए । उनका अनुसार अहिले पनि उपत्यका भित्रिने भन्दा बाहिरिने यात्रु कम छन् ।

वर्षात्का कारण कतिपय पहाडी जिल्लामा बाटोको अवस्था राम्रो नभएकाले पनि उपत्यका छाड्ने यात्रुको संख्यामा कमी आएको उनको भनाइ छ । कतिपय पहाडी जिल्लाबाट आएका सवारीसाधन राति २ बजेसम्म पनि काठमाडौं प्रवेश गरिरहेको उनले बताए ।

Advertisement

अग्रिम टिकट बुकिङमा पनि यात्रुको खासै चासो नदेखिएको यातायात व्यवसायी बताउँछन् । बस व्यवसायी नरेन्द्र न्यौपानेका अनुसार घटस्थापना आउन ४ दिन मात्र बाँकी हुँदा पनि घर जाने यात्रु अन्य वर्षको तुलनामा निकै कम छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top