नयाँ बानेश्वरको आकासे पुल निर्माण अन्तिम चरणमा

१६ असोज ७८, आइतबार

१७ असोज, काठमाडौं ।

सडक वारपार गर्ने यात्रुको चाप बढी भएको चोकमा पर्ने नयाँ बानेश्वरमा आकासे पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ।

थोरै काम मात्रै बाँकी भएकाले केही दिनमा नै पुल प्रयोगमा ल्याउन सकिने डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ। पुलको मुख्य काम भइसकेकाले माथिल्लो भागमा बारको काम मात्रै बाँकी रहेको डिभिजन प्रमुख कुबेर नेपालीले बताए। उनले भने, ‘थोरै काम मात्रै बाँकी भएकाले दुईचार दिनमा नै सकिनेछ।’

उपत्यकामा अहिले भइरहेका आकासे पुलभन्दा आकर्षक बत्तीका कारण यो पुल सुन्दर देखिनेछ। दसैँपहिले नै सो पुल सञ्चालनमा आउने डिभिजन प्रमुख नेपालीले बताए। संरचनालाई लैङ्गिक समता र सामाजिक न्याय (जिइएसआई) मानिएको छ।

बत्तीको उज्यालोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई रातको समयमा समेत हिँड्न सजिलो हुने उनले बताए। उनले भने, ‘अँध्यारो हुँदा महिला हिंसाको जोखिम भए पनि पुलमा उज्यालो हुँदा त्यो कम हुनेछ।’

यो पुलको लम्बाइ ३८ मिटर रहेको छ। विसं २०७६ वैशाखमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। कोभिडका कारण गत वर्षहरुमा काम हुन नसक्दा तोकिएको अवधिभन्दा ढिला भएको हो।

सुरुमा डिजाइनमा नै ढिला भएको र काम सुरु भएपछि कोभिडले गर्दा सरासर काम गर्न नसकिएको उनले बताए। त्यसका लागि चाहिने सामग्रीको कारखाना सञ्चालन हुन सकेको थिएन।

विशेष सीप भएका थोरै जनशक्ति आवश्यक हुने भए पनि तिनैलाई सङ्क्रमण भएको उनले बताए। उनले भने, ‘यी सबै समस्याका बाबजुद अहिले सम्पन्न हुन लागेको छ ।’

झन्डै एक दशकभन्दा लामो समयदेखि नयाँ बानेश्वरमा पुल निर्माण गर्नुपर्ने भन्दै आवाज उठिरहे पनि बन्न सकेको थिएन। हाल संसद् भवन (वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) नजिकै भएकाले निर्माण अघि बढ्न सकेको थिएन । विभागले जडीबुटीसँगै सो चोकमा समेत ‘फ्लाई ओभर’ आवश्यकता भएको बताउँदै आएको छ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top