सुरक्षा योजना : उपत्यकामा १० मिनेटमै प्रहरी, सादा पोसाकमा पनि परिचालन

१७ असोज ७८, सोमबार

१८ असोज, काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का प्रवक्ता एसपी सुशीलसिंह राठौरले चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त बनाएको बताएका छन् ।

Advertisement

काठमाडौंमा आयोजित ‘बजार अनुमगन र शान्ति सुरक्षाको अवस्था’ विषयक अन्तर्क्रिरयामा एसपी राठौरले चाडपर्व नजिकिँदै जाँदा आर्थिक अपराध, मादक पदार्थ सेवन, लागूऔषधको प्रयोग, ट्राफिक नियमको उल्लंघन, कालाबजारीजस्ता अपराधिक घटना बढ्नसक्ने भएकाले त्यस्ता अपराधिक घटना न्यूनीकरण गर्न सुरक्षा व्यवस्था चुस्त बनाएको जिकिर गरे ।

‘चाडपर्वको बेला थप ४ हजार ५०० जना प्रहरी परिचालन गरिएको छ । मोबाइल र एसएमएसको प्रयोग गरिएको छ, सादा पोसाकमा प्रहरी खटाइएको छ ।

Advertisement

गस्ती बढाइएको छ, हेल्प डेस्क राखिएको छ भने मापसे चेकिङ्गलाई तीव्रता दिइएको छ, आशा छ हाम्रो प्रयासका कारण शान्ति सुरक्षामा अमन चयन हुनेछ,’ उनले भने ।

उनले अपराधिक घटना घट्नेबित्तिकै उपत्यकाका जुनसुकै स्थानमा १० मिनेटमा प्रहरी पुग्ने गरी व्यवस्था मिलाइएको बताए । ‘सर्वसाधारण समस्यामा पर्नुभयो भने नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्नुहोस्,’ उनले सुझाए ।

Advertisement

एसपी राठौरले यात्रामा महिला तथा बालबालिकालाई यौनहिंसा लगायतका दुव्र्यवहारबाट जोगाउन सुरक्षा व्यवस्था मिलाइएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top