तीन बुँदे सहमति कार्यान्वयन नभएकोमा विप्लवको असन्तुष्टि, जटिल परिस्थित सिर्जना हुने चेतावनी

१८ असोज, काठमाडौं।

नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले सरकारसँगको तीन बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका छन् । तीन बुँदे कार्यान्वयनका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गर्दा पनि माग पूरा नभएपछि विप्लवले पुनः सरकारको ध्यानाकर्षण गराएका हुन् ।

साेमबार पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विशेष कार्यदल गठन गरेर सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

Advertisement

सहमति कार्यान्वयनको शुरुमै बन्दीको रिहाइ र मुद्दा खारेजी हुनुपर्ने उल्लेख भएपनि यहि विषयमा ढिलासुस्ती भएको विप्लवको गुनासो छ । सरकारसँग भएको यो सहमति राजनीतिक मुद्दा भएको बताउँदै ज्ञापनपत्रमा भनिएको छ, ‘विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा गर्दछौं ।’

केपी ओली सरकारले आफ्नै पालामा गरेको सहमति पाँच महिनासम्म पनि कार्यान्वयन नगर्नु नेपाली राजनीतिक आन्दोलन र नेपाली जनताका निम्ति धोका भएको जनाइएकाे छ । सहमति कार्यान्वयन नभए त्यसले जटिल परिस्थितिको सिर्जना गर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ ।

गत चैत्र २१ गते ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको थियो । सहमती कार्यान्वयन नभएकाे भन्दै विप्लवले गुनासाे गर्दै आएका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top