सात आपूर्तिकर्ता र निर्माण व्यवसायी कालोसूचीमा

१८ असोज ७८, मंगलबार

१९ असोज, काठमाडौं ।

Advertisement

सरकारले सात आपूर्तिकर्ता र निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गरी तोकिएको अवधिभित्र आपूर्ति नगर्ने तथा निर्माणको काम सम्पन्न नगर्ने सात फर्मलाई एक÷एक वर्षका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

Advertisement

कालोसूचीमा पर्नेमा बाँकेको विपिन भेट सेन्टर, काठमाडौंको ल्यान्ड्रिङ निर्माण सेवा, रुपन्देहीको कक्षपति निर्माण सेवा, भारतको महाराष्ट्रको एमएस इन्डो इन्जिनियरिङ प्रोजेक्ट कर्पाेरेसन, काठमाडौंको रचना ट्रेड इन्टरनेसनल, काठमाडौंकै धादिङ नीलकण्ठ निर्माण सेवा एण्ड सप्लायर्स र भरतपुरको एडभेन्चर÷दि आनन्द जेभी रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top