×

NEPAL TIMES UPDATES

Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026

भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम सक्न समन्वय आवश्यक : समिति

१९ आश्विन २०७८

१९ असोज, काठमाडौं ।

भूकम्पपछिको पुनःनिर्माणका बाँकी कामलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच समन्वय हुनुपर्नेमा जोड दिइएको छ।

Advertisement
Advertisement

प्रतिनिधि सभा, विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र पुनःनिर्माणसम्बन्धी काम हस्तान्तरण भएका मन्त्रालय एवं निकायबीच तोकिएको काम समयमै सम्पन्न गर्नेबारे छलफल भएको हो।

समितिका सभापति कल्याणीकुमारी खड्काले बाँकी पुनःनिर्माणका काम अगाडि बढाउने क्रममा समन्वयको समस्या नआओस् भनी सबै निकायबीच संयुक्त छलफलको आयोजना गरिएको बताइन्।

समयमै काम सम्पन्न गर्न पर्याप्त स्रोत र जनशक्ति परिचालन गर्नसमेत उनले मन्त्रालयलाई निर्देशन दिइन्।

सांसद गणेशकुमार पहाडीले विगतमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट सम्पन्न हुन बाँकी रहेका कतिपय काम अझै पनि सम्पन्न हुन नसकेका दृष्टान्त राख्दै पुनःनिर्माणका बाँकी काम त्यस्तो हुन नदिन मन्त्रालयको ध्यानाकर्षण गराए।

यस्तै, सांसद केदार सिग्देलले कुनै निश्चित कार्यभार तोकिएको समयमा पूरा गरेर हस्तान्तरण गर्नु सकरात्मक भएको उल्लेख गर्दै नेपालीले पनि थोरै स्रोतमा धेरै काम गर्न सक्छन् भन्ने सन्देश गएको बताए।

सांसद यज्ञराज सुनुवारले रहरलाग्दा भौतिक संरचना बनेको उल्लेख गर्दै गुम्बा पुनःनिर्माणमा विशेष ध्यान दिनुपर्ने बताए।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गत भदौ ९ गतेको निर्देशक समितिले निर्देशित गरेअनुसार पुनःनिर्माणलाई अगाडि लैजानुपर्ने बताए। हस्तान्तरणका क्रममा संगठनात्मक संरचना, जनशक्ति एवं आवश्यक बजेटको प्रष्ट व्यवस्था गरिएको उनको भनाइ थियो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले यसबीचमा पुनर्निर्माण प्राधिकरणसँग निकट समन्वयमा काम हुँदै आएको जानकारी दिँदै त्यसबाट पुनर्निर्माण प्राधिकरणको कार्यकालपछि हस्तान्तरण भएर आउने काम सञ्चालन गर्ने आधार बनेको बताए।

छलफलमा अर्थ सचिव मधुकमार मरासिनीले प्रतिस्थापन विधेयकमार्फत पुनःनिर्माणको बजेट ४ अर्ब रुपैयाँले बढाइएको जानकारी दिँदै विगत वर्षजस्तै पुनःनिर्माणका बाँकी कामलाई पनि प्राथमिकता दिइएको बताए।

Advertisement

शिक्षा सचिव रामप्रसाद थपलिया, संघीय मामिला तथा सामान्य प्रशासन सचिव एकनारायण अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला, शहरी विकास सचिव डा।रमेशप्रसाद सिंहले हस्तान्तरण भएर आएका काम प्राधिकरण सहितका निकायसँगको समन्वयमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे। रासस

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top