Nepal Times
Nepal Times
3
Shares

एनएमबिको भिकेवाईसी नेपाली बैंकिङ्ग जगतमै पहिलो

एनएमबिको भिकेवाईसी नेपाली बैंकिङ्ग जगतमै पहिलो

१९ असोज, काठमाडौं ।

एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ ।

एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्दछन् ।

‘एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्दछन ।

हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाईृ निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ”, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.