आँखाका बिरामीलाई स्वास्थ्य संस्था पठाउन धामी झाँक्रीलाई तालिम

१८ असोज ७८, मंगलबार

१९ असोज, खोटाङ ।

खोटाङमा आँखाका बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माण गर्न धामी झाँक्रीलाई तालिम दिइएको छ।

झारफुक गर्न धामी झाँक्रीकहाँ पुग्ने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्ने÷पु¥याउने वातावरण निर्माण गर्न नेपाल नेत्र ज्योति संघको समन्वयमा सगरमाथा चौधरी आँखा अस्पताल, लहानले तालिम दिएको हो।

Advertisement

झारफुक गर्न आएका आँखाका समस्या भएका बिरामीलाई स्वास्थ्य संस्था वा विशेषज्ञ चिकित्सककहाँ गएर उपचार गराउन आग्रह गर्न÷गराउन तालिमको आयोजना गरिएको संघका अध्यक्ष इन्द्र कसजुले बताए।

’गाउँघरमा अझै पनि धामी झाँक्रीकै विश्वास गरिन्छ। बिरामीको पहिलो सम्पर्क व्यक्ति धामी झाँक्री नै हो’, उनले, ’बिरामीलाई झारफुक मात्र नभएर स्वास्थ्य संस्थामा पठाउन सहयोग गर्न धामी झाँक्रीलाई तालिम दिएका हौँ।’

दिक्तेलस्थित आँखा उपचार केन्द्रमा आयोजना गरिएको सो तालिममा २८ तथा हलेसीमा ३५ धामी झाँक्री सहभागी थिए। आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख हरिहर श्रेष्ठले सो तालिमको सहजीकरण गरेका थिए।

कतिपय आँखाका बिरामी अस्पतालसम्म नआइपुग्ने र ज्योति गुमाउने गरेका कारण त्यस्ता बिरामीलाई अस्पतासम्म ल्याउन धामी झाँक्रीको सहयोग आवश्यक छ। जिल्लाका दश स्थानीय तहमा ४४ हजारभन्दा बढी आँखाका बिरामी रहेको संघले जनाएको छ।

तथ्यांकअनुसार जन्मजात दृष्टिदोष, बालअन्धोपन, मोतियाविन्दु, जलविन्दु, खस्रेरोग, भिटामिन ए को कमी, रतन्धोलगायत समस्या उनीहरुमा देखिएको छ। विसं २०६८ को जनगणनाअनुसार खोटाङको कूल जनसङ्ख्या दुई लाख ६ हजार ३१२ छ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top