प्रतिनिधिसभामा एमालेको नारा : कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन

१९ असाेज, काठमाडाैँ ।

Advertisement

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ ।

एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सुचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक अवरोध गर्दै आएको छ । मंगलबारको बैठकमा पनि नाराबजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो ।

Advertisement

एमाले सांसदहरुको विरोधका विच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६÷७७ प्रतिनिधिसभामा पेश गरे ।

एमाले सांसदहरुले कालो धन चाहिदैन, देश लुट्न पाइदैन, संसदीय सर्वोच्चता कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, यथास्थितिमा संसद चल्दैन, गैरसांसदलाई प्रवेश निषेध गर, पदीय मर्यादा कायम गर लगायतका नारा लगाएका थिए ।

Advertisement

प्रतिनिधिसभाको आगामी बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top