नेपालमा ३२ प्रतिशतले पाए खोप, बाँकीलाई कहिले ?

१९ असोज ७८, बुधबार

१९ असोज, काठमाडौँ ।
नेपालमा १८ वर्षमाथिका कुल अपेक्षित जनसङ्ख्याको ३२ प्रतिशतले कोभिडविरुद्वको पूर्ण खोप लगाएका छन् भने ३९ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार नेपालमा १८ वर्ष माथिका कुल एक करोड ९९ लाख २२ हजार १६४ जनसङ्ख्या मध्ये ३२ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ३९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन ।

Advertisement

शुक्रबार सम्मको तथ्यांक अनुसार प्रदेश १ मा अपेक्षित ३२ लाख ७५ हजार ८६६ जनसङ्ख्यामध्ये पूर्ण मात्रामा खोप लगाउने २३ प्रतिशत छन् । ३३ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै प्रदेश २ मा ४१ लाख ६० हजार ४२५ अपेक्षित जनसङ्ख्यामध्ये २३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने २५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

यसैगरी बाग्मती प्रदेशमा ४२ लाख ८३ हजार १४४ अपेक्षित जनसङ्ख्यामध्ये ५४ प्रतिशतले पूर्ण मात्रा र ६१ प्रतिशतले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ । यस्तै गण्डकी प्रदेशमा १६ लाख ६३ हजार ९२४ अपेक्षित जनसङ्ख्यामध्ये ३७ प्रतिशतले पूर्ण मात्रा र ४० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

Advertisement

यस्तै लुम्बिनी प्रदेशमा ३३ लाख ८७ हजार १२८ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् भने ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै कर्णाली प्रदेशमा १२ लाख तीनहजार २८९ अपेक्षित जनसङ्ख्यामध्ये २१ प्रतिशतले पूर्ण मात्रा र २८ प्रतिशतले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा १९ लाख ४८ हजार ३८८ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ३२ प्रतिशतले पहिलो मात्रा लगाएका छन् ।

Advertisement

सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत, पुष मसान्तभित्र दुई तिहाई र चैत्र मसान्तभित्र सबै लक्षित जनसङ्ख्यामा खोप लगाउने लक्ष्य लिएको छ । यस्तै दशै लगत्तै १२ वर्ष माथिका बालबालिकालाई समेत खोप लगाउने अभियान सुरु गर्ने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top