ललितपुरमा १८ वर्षमाथिका सबैलाई भेरोसेल खोप लगाइँदै

१९ असोज ७८, बुधबार

२० असोज, काठमाडौं ।

Advertisement

ललितपुर जिल्लामा आजबाट कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ। तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइने स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

जिल्ला खोप समन्वय समितिको निर्देशन अनुसार आज बुधाबारबाट १८ बर्ष माथि उमेर समूहका सबैलाई भेरोसेलको पहिलो डोज दिन लागिएको स्वास्थ्य कार्यालयको भनाइ छ।

Advertisement

चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोभिड–१९ फैलन सक्ने कुरालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

जनस्वास्थ्यको मापदण्ड पालना गरी पालिकाले निर्धारण गरेको पायक पर्ने खोप केन्द्रमा पुगी खोप लगाउन समेत कार्यालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top