चाडपर्वमा इन्धन अभाव नहुने दाबी

१९ असोज ७८, बुधबार

२० असोज, काठमाडौं ।

नेपाल आयल निगमले चाडपर्वको बेला बजारमा पेट्रोलियम पदार्थको अभाव नहुने बताएको छ । इन्धनको आपूर्ति नियमित रूपमा भइरहेको र पर्याप्त मात्रामा मौज्दात भएकाले अभाव नहुने दाबी निगमले गरेको हो ।

चाडपर्वको बेला मानिसको आवतजावत धेरै हुने भएकाले पनि इन्धनको खपत धेरै हुने गरेको छ । निगम प्रवक्ता वीनितमणि उपाध्यायले इन्धनको मौज्दात पर्याप्त रहेकाले चाडपर्वको बेला अभाव नहुने बताए ।

Advertisement

कुल भण्डारण क्षमताको ९० प्रतिशत मौज्दात रहेको र आपूर्तिमा कुनै अवरोध नभएकाले पनि दसंैमा इन्धन अभाव नहुने उनको भनाइ छ । धेरै मानिस दशैं मान्नका लागि उपत्यकाबाट गाउँ जाने हुँदा आवतजावत बढी भई इन्धन खपत पनि धेरै हुने गरेको छ ।

देशैभर दसैंको चहलपहल बढेसँगै पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको निगमले जानकारी दिएको छ । उपत्यकाबाट ठूला गाडी बाहिर जाने भएकाले दसंैमा डिजेलको खपत पनि बढ्छ ।

पेट्रोलको खपत पनि सामान्य अवस्थामा भन्दा दैनिक ६ लाख लिटरले वृद्धि भएको निगमको भनाइ छ ।

सामान्य अवस्थामा दैनिक देशभर ४० लाख लिटर डिजेल खपत हुने गरेकोमा अहिले यसको खपत ५२ लाख पुगेको छ । यस्तै दैनिक १९ लाख लिटर खपत रहेको पेट्रोलको खपत बढेर २५ लाख लिटर पुगेको निगमको भनाइ छ ।

नौरथा लागेदेखि नै बढ्दो क्रममा रहेको पेट्रोलियमको माग दैनिक जसो बढ्दै गएको निगमले बताएको छ।

काठमाडौं उपत्यकामा पनि डिजेल पेट्रोलको खपत दैनिक दुई लाख लिटरले बढेको निगमको थानकोटस्थित निगमको बागमती प्रादेशिक कार्यालयले जनाएको छ । सामान्य अवस्थामा दैनिक सात लाख लिटर डिजेलको खपत हुने उपत्यकामा अहिले बढेर नौ लाख हाराहारीमा पुगेको छ ।

यस्तै पेट्रोल खपत दैनिक दुई लाख लिटरको दरले बढ्दै गएको छ । सामान्य अवस्थामा उपत्यकामा दैनिक साढे ६ लाख लिटर खपत हुने गरेकोमा दशैं नजिकिँदै गर्दा बढेर साढे ८ लाख पुगेको कार्यालयको भनाइ छ ।

बजारमा पेट्रोल प्रतिलिटर १३० रुपैयाँ र डिजेल ११३ रुपैयाँ छ । पछिल्लो एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top