Nepal Times
Nepal Times
3
Shares

‘पिउन सुरु गरेपछि’ ल्याउँदै शिव परियार

‘पिउन सुरु गरेपछि’ ल्याउँदै शिव परियार

२० असोज, काठमाडौँ ।
“पिउँदिन भन्दा भन्दै पिलायो साथीले” को अपार सफलतापछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रिङ्खलाको अर्को गीत “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” आउने भएको छ । उक्त गीत इम्प्रेसन्स इन्टरटेनमेन्टले दशैंलाई लक्षित गरी बजारमा ल्याउन लागेको हो ।

नृत्य निर्देशक कविराज गहतराज र छायांकार हरि हुमागाईको संलग्नतामा क्लब प्ल्याटिनियममा सोमबार उक्त गितको छायाङ्कन सम्पन्न भएको छ ।

रबिन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको यस गीतमा नायक पुष्प खड्काका साथमा टिकटक स्टार्स , अन्जली लुइंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहने छ ।

मिडिया हब प्रा.लि.बाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भईरहेको यो गीतले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने अपेक्षा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.