भारतमा रोकिएको १० लाख डोज काेराेना खोप अर्को साता आइपुग्ने

२० असाेज, काठमाडौँ ।

नेपालले खरिद गरेर भारतमै रोकिएको कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप अर्को साता नेपाल आईपुग्ने भएको छ ।

भारतीय राजदूतत विनय मोहन क्वात्राले बुधबार परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्दै भारतले अर्को साता भित्रमा नेपाललाई खोप उपलब्ध गराउने जानकारी दिएका हुन् । दोस्रो लहरको कोरोना संक्रमण बढेपछि भारतले खोप निर्यातमा रोक लगाएपछि नेपालले खरिद गरेको खोप पनि पाउन सकेको थिएन ।

नेपालले भारतसँग २०७७ फागुनमा २० लाख डोज खोप खरिद गरेकोमा १० लाख भने त्यही महिना नेपाल आइपुगेको थियो । बाँकी १० लाख रोकिएको थियो ।

भेटवार्तामा मन्त्री खड्का र राजदूत क्वात्रा बीचमा द्धिपक्षीय महत्वपूर्ण विषयमा कुराकानी भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top