हराएको ५२ वर्षपछि माइलो बुबालाई घर ल्याउन पाउँदा शेरबहादुर दंग

२० असोज ७८, बिहीबार

काठमाडौं : ५२ वर्षअघि युवा अवस्थामा घरबाट निस्किएका बेनी नगरपालिका–४ थामडाँडाका गंगाबहादुर गुरुङलाई आफन्तले जीवितै भेटिने आस राखेका थिएनन् । घरबाट हराएपछि तत्कालीन समयमा थाहा पाएसम्मको ठाउँमा खोजी गरेर थाकेपछि परिवारले उनको आस नै मारेको थियो । तर, घर छाडेर हराएको ५२ वर्षपछि गुरुङ भेटिएका छन् । ७५ वर्षको उमेर पार गर्दै गर्दा उनको पारिवारिक पुनर्मिलनसमेत भएको छ ।

००३ मा जन्मिएका उनी ०२३ मा घरपरिवारको सम्पर्कबाट हराएका थिए । सडक खन्ने काम गर्दागर्दै हराएको करिब चार वर्षपछि उनी कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुगेका थिए । स्थानीय युवा पूर्णनन्द पाण्डेले सामाजिक सञ्जालमा गुरुङको तस्बिरसहित बागलुङ, बेनी, तातोपानीको नाम लिने उनी आफ्नो पुख्र्यौली थलो फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।

रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । सो क्रममा थामडाँडाबाट वर्षौंदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उहाँका आफन्तबीच टेलिफोनमा संवाद गराएर यकिन गरिएको नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति लेखबहादुर हमालले बताए । आफन्तले झन्डै ६० वटा प्रश्नमार्फत आफन्तको नाम, तत्कालीन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उनले जवाफ फर्काए यकिन भएको हमालले बताए ।

Advertisement

कैलालीमा स्थानीय एक व्यक्तिको सहारामा एक्लै बसोबास गर्दै आएका गुरुङ थामडाँडाका बलवीर गुरुङका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उनका भाइका परिवारसँग मंगलबार पुनर्मिलन भएको छ । गुरुङका भाइका छोरा शेरबहादुर र छोरी विष्णु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलालीमै पुगेर आफ्ना माइलो बुबालाई आफ्नो घरमा ल्याएका छन् ।

रेडक्रस म्याग्दीको कार्यालयमा औपचारिक रूपमा गुरुङको पारिवारिक पुनर्मिलन गराइएको थियो । ‘पचास वर्षभन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ, घरबाट हराएर दूरदराजमा पुगे पनि बुढेसकालमा गुरुङले आफ्नो जन्मघर र आफन्तलाई पाउनु उपलब्धिमूलक हो,’ हमालले भने । उनका अनुसार बेनीदेखि कैलालीसम्म पुगेर गुरुङको उद्धारका लागि आवश्यक यातायातको सबै खर्च रेडक्रसले व्यहोरेको छ ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top