दसैंका सामान उत्तरी नाकामै रोकिए

२० असोज ७८, बिहीबार

काठमाडौं : जुत्ता व्यवसायी देवेन्द्र कुमारले दसैंलाई लक्षित गरेर चीनबाट ल्याएका दुई गाडी जुत्ताचप्पल तीन महिनादेखि केरुङ नाकामा रोकिएका छन्। जुत्ता नआएपछि देवेन्द्र दसैंमा के बेच्ने भन्ने चिन्तामा छन् । ‘अहिलेसम्म कोभिडले व्यापार भएको थिएन,’ उनले भने, ‘दसैंमा जुत्ताचप्पल बेचौंला भनेको, ती सामान बोकेर आएका गाडी सीमानाकापारि नै रोकिए।’

दसैंका लागि नेपाली व्यापारीले खरिद गरेका सामान बोकेर चीनको गोन्जाउ सहरबाट नेपालतर्फ हिँडेका करिब आठ सय गाडी उत्तरी सीमावर्ती चिनियाँ क्षेत्रमा रोकिएका छन् । कोभिडका कारण चिनियाँ पक्षले तातोपानी र केरुङ नाकाबाट थोरै गाडीमात्र पास गरेकाले सामान अड्किएका हुन्।

कोभिड सुरु हुनअघि दैनिक करिब दुई सय ५० मालवाहक गाडी नेपाल भित्रिने केरुङ नाकाबाट अहिले मुस्किलले नौ गाडीसम्म आउने गरेको अवस्था छ। त्यसैगरी, तातोपानी नाकाबाट पनि सोही हाराहारीमा सामान आयात भैरहेको छ।

नेपाली व्यापारीले खरिद गरेका सामान बोकेर आएका करिब आठ सय गाडी चिनियाँ सीमा क्षेत्रमा रोकिएको हिमालय सीमापार वाणिज्य संघका महासचिव भरत कार्कीले बताए। ‘केरुङ र तातोपानी हुँदै आउने करिब आठ सय गाडी सामान उतै सीमापारि रोकिएका छन्,’ कार्कीले नागरिकसँग बुधबार भने, ‘दसैंका सामान रोकिएपछि व्यापारीको बिचल्ली भएको छ।’ संघका अनुसार केरुङतर्फ करिब साढे छ सय र तातोपानी नाकातर्फ डेढ सय मालवाहक गाडी रोकिएका छन्।

अघिल्ला वर्षको तुलनामा चिनियाँ पक्षले निकै कम गाडी छाडेकाले समस्या भएको रसुवाका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए। ‘कोभिड सुरु हुनुअघि दैनिक अढाई सय गाडी यो नाका हुँदै आउँथे,’ रेग्मीले भने, ‘अहिले दैनिक सातदेखि नौ गाडी सामान आइरहेको छ।’ दसैंका बेला सामान ल्याउन दबाब बढेको रेग्मी बताउँछन्। ‘चाडपर्वमा धेरै सामान आउने भएकाले भनेजति पास भएको छैन,’ उनले भने, ‘कोटा तोकेर आएकाले कठिनाइ भएको हो।’

दसैंका लागि तीन/चार महिनाअघि अर्डर गरेका सामान नआएपछि व्यापारी चिन्तित छन्। दसैंमा बिक्री गर्ने जुत्ताचप्पल, कपडा, विद्युतीय सामग्रीलगायत करोडौंका सामग्री रोकिएको व्यापारीले बताएका छन्।

चिनियाँ पक्षले स्वास्थ्य सामग्री, हाइड्रोका सामान, अदुवा, लसुन, स्याउलगायत कृषिजन्य वस्तुलाई प्राथमिकता दिएर भन्सार पास दिने गरेको छ । कृषिजन्य वस्तु कुहिने, नष्ट हुने भएकाले स्याउ, अदुवालाई प्राथमिकता दिँदा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थले कम प्राथमिकता पाएका छन्। कहिलेकाहीं नौ गाडीमध्ये पाँच/छ गाडी स्याउलगायत कृषिसँग सम्बन्धित सामान मात्र आउने गरेका छन्।

धेरै सामान सीमावर्ती चिनियाँ भूभागमा रोकिएका छन्। चिनियाँ पक्षले कतिपय गाडी केरुङभन्दा करिब ८० किलोमिटर उता सिगाक्षे र तातोपानीभन्दा उता मेलमा रोकेको छ।

नेपालमा चीनबाट वार्षिक खर्बौं रुपैयाँबराबरको सामान आयात हुन्छ । भन्सार विभागको आर्थिक वर्ष ०७७/७८ को तथ्यांक अनुसार दुई खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँको सामान चीनबाट आयात भएको छ। चालु आवको साउन र भदौमा मात्र ४२ अर्ब ८४ करोड मूल्यका चिनियाँ सामान आयात भएको छ।

व्यापारीले भारत हुँदै पनि सामान ल्याउने गरेका छन् । भारत हुँदै ल्याउँदा पानी जहाजको भाडा केही महँगिएका कारण मूल्य केही बढी पर्न जान्छ। त्यसैले केरुङ र तातोपानी नाका हुँदै सामान आयात गर्नुपरेको व्यापारी बताउँछन्। उत्तरी नाकाबाट सामान ल्याउँदा व्यावहारिक झन्झट बढी बेहोर्नुपरेको गुनासो व्यापारीको छ।

केरुङ हुँदै आउने सामान चिनियाँ पक्षले केरुङ र रसुवागढीको बीचमा रहेको मितेरी पुलमा झार्ने गरेको छ । त्यहाँबाट नेपाली कामदारले लोड गरी यता ल्याउँछन्। कोभिडका कारण चिनियाँ पक्षले सामान पुलमा झार्दा लोड गर्न पनि नेपाली व्यापारीलाई झन्झट भएको छ।

केरुङको तुलनामा तातोपानी भन्सार हुँदै आउने सामान आयातमा केही सहज भए पनि करिब डेढ सय बढी गाडी रोकिएको व्यापारी बताउँछन् । तातोपानी नाकामा भने चिनियाँ कन्टेनरले नै भन्सारसम्म सामान ल्याएर छाड्ने गरेकाले केही सजिलो छ ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top