×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

मुख्यमन्त्री रहेरै दशैं मनाउने आचार्यको ‘इच्छा’

२१ आश्विन २०७८

एमाले विभाजनपछि प्रष्ट अल्पमतमा परेका प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले दशैंपछि मात्र विश्वासको मत लिने योजना बनाएका छन् ।

विपक्षी गठबन्धन दलहरूले नैतिकताका आधारमा राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न दबाब दिँदै आए पनि आचार्यले दशैंपछि मात्र विश्वासको मत लिने योजना बनाएका हुन् । संवैधानिक व्यवस्थाअनुसार २४ असोजभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिइसक्नु पर्नेछ ।

Advertisement
Advertisement

सकेसम्म आफ्नै नेतृत्वमा विपक्षी दलहरूसहितको सहमतिको सरकार बनाउने योजना आचार्यको छ । बुधबार नयाँ भवन उद्घाटन कार्यक्रममा उनले भने, ‘आउनोस् मिलेर सहमतिको सरकार बनाऔं, चुनावसम्म जाऊँ । अझै धेरै लोकतन्त्रको पक्षमा सँगै संघर्ष गर्न बाँकी छ । तपाईंहरू ठन्डा दिमागले सोच्नु होला ।’

अहिले सबै अल्पमतमै रहेको र सबैभन्दा ठूलो दल एमाले नै भएकाले सहमतिको सरकार बनाएर चुनावसम्म जानु उचित हुने उनको भनाइ थियो । सरकारले संविधान र कानुनलाई पालना गरेर प्रक्रियाअनुसार नै विश्वासको मत लिन्छ भन्दै आचार्यले भने, ‘झगडातिर नलागौं, त्यता लाग्यौं भने सरकारले पनि अर्कै बाटो लिनुपर्ने बाध्यता आउँछ ।’

पार्टी विभाजन भएपछि १० भदौमा हतार हतार शेरधन राईलाई राजीनामा गराएर मुख्यमन्त्री नियुक्त भएका आचार्यले ३० दिन पुगिसक्ने भएकाले २४ असोजभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । तर, उनले चलाखीपूर्वक विशेष अधिवेशन बोलाउनुपर्नेमा माघतिर बोलाउनुपर्ने नियमित हिउँदे अधिवेशन २२ असोजमा बोलाएका छन् ।

२२ असोजमा निर्माण भएको नयाँ भवनमा प्रदेश सभाको नवौँ तथा हिउँदे अधिवेशन आरम्भ हुनेछ । तर, त्यस दिन दलहरूलाई शुभकामना मन्तव्य राख्न लगाएर र मुख्यमन्त्री आफैले सभालाई सम्बोधन गरेपछि प्रदेश सभाको बैठक दसैँपछि सार्ने योजना सरकारको छ ।

प्रदेश १ मा ९२ सांसद छन् । एमालेको ४१, कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १०, जनता समाजवादी तीन, संघीय लोकतान्त्रिक मञ्च र राप्रपाको एक–एक जना सांसद छन् ।

विपक्षी दलका नेताहरूले आचार्यलाई भने– लाच पचाएर नहिँड्नोस्
प्रदेश १ का विपक्षी दलका नेताहरूले मुख्यमन्त्री भीम आचार्यलाई २२ असोजअगावै राजीनामा दिएर राजनीतिक इज्जत जोगाउन आग्रह गरेका छन् ।

मंगलबार प्रदेश सभाको नयाँ भवनको उद्घाटन कार्यक्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्रीकै अगाडि सत्ता लम्ब्याउने लोभमा वर्षौंदेखिको नैतिकता र निष्ठाको राजनीतिलाई बदनाम हुन नदिन राजीनामा दिन आग्रह गरे । ‘मुख्यमन्त्रीज्यू, तपाईंले वर्षा नकटी हिउँदे अधिवेशन बोलाएर जात्रा देखाइसक्नु भयो । अब आफ्नो नैतिकता र निष्ठाको छविलाई अझै बदनाम नगराउनु होस् ।’

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले पनि कानुनी र भौतिक दुवैतिरबाट अल्पमतमा परिसके पनि अझै सरकारलाई केही चमत्कार हुन्छ कि भनेर दैवीशक्तिको निगाहको अपेक्षा नगर्न आग्रह गरे । उनले भने, ‘मुख्यमन्त्रीले नैतिकताका आधारमा चाँडै राजीनामा दिनुपर्छ, धमिलो पानीमा माछा मार्ने बाटोले बदनामीबाहेक केही दिँदैन ।’

Advertisement

एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्री आचार्य लाज पचाएर हिँडिरहेको आरोप लगाए । उनले दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्नेमा लिन नचाहेको आरोप लागाए । ‘सांसदको टाउको गनेर थाहा भइसक्दा पनि राजीनामा नदिनु भनेको लाज पचाउनु हो,’ राईले भने ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top