रुपन्देहीमा १८ वर्षमाथिका सबैलाई दसैंअघि नै खोप लगाउने लक्ष्य

२० असोज ७८, बिहीबार

२१ असोज, बुटवल ।

रुपन्देहीमा १८ वर्ष माथिका नागरिकले दसैं अगाडि नै कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले २२ र २३ असोमा सबै स्थानीय तहलाई उक्त उमेर समूहका सबै व्यक्तिलाई खोप लगाउन निर्देशन दिइसकेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई दसैंअघि नै भेरोसेल खोप लगाइन लागिएको बताए ।

तर, खोप पर्याप्त छैन

सरकारले रुपन्देहीमा १८ वर्षमाथिका सबै नागरिकलाई दसैंअघि नै खोप लगाइसक्ने लक्ष्य लिए पनि खोप पर्याप्त छैन ।

तिलोत्तमा नगरपालिकाका कोभिड फोकल पर्सन केशव भट्टराईका अनुसार १८ वर्ष माथिका नागरिकलाई खोप लगाउन ३५ हजार डोज खोप आवश्यक छ ।

तर तिलोत्तमामा १० हजार डोज मात्र प्राप्त भएको उनले बताए । तिलोत्तमा १८ देखि ३० वर्ष उमेर समूहका सबैलाई खोप लगाउने सूचना जारी गरेको छ ।

बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाले पनि स्वास्थ्य कार्यालयबाट प्राप्त भएको खोपले सबै नागरिकलाई नपुग्ने बताएका छन् । अन्य कतिपय पालिकाले भने सबै नागरिकलाई खोप लगाउने भन्दै सूचना जारी गरिसकेका छन् ।

हालसम्म रुपन्देहीमा लक्षित जनसंख्याको २६ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् । अपेक्षित जनसंख्याको ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । कार्यालयका अनुसार जिल्लामा सात लाख १३ हजार १६८ अपेक्षित जनसंख्या रहेका छन् ।

लुम्बिनी प्रदेशमा ३३ लाख ८७ हजार १२८ अपेक्षित जनसंख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

भर्खरको समाचार

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

सम्बन्धित समाचार

Scroll to Top