भैरहवालाई हराउँदै पोखरा पहिलो पटक फाइनलमा, उपाधिका लागि चितवनसँग खेल्ने

२१ असाेज, काठमाडौं ।

दोस्रो क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज पहिलो पटक एभरेष्ट प्रिमियर लिग (इपिएल) काे फाइनलमा पुगेको छ । भैरहवा ग्ल्याडियटर्स पहिलो पटक फाइनलमा पुग्न नसकि बाहिरिएको छ । उपाधिका लागि शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

बिहीबार टियु क्रिकेट मैदानमा जितको लागि १ सय २० रनको सामान्य विजयी लक्ष्य पछ्याएको पोखराले १९.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पोखराका साहन अर्चाचिगेले रोहित कुमार पौडेललाई १९ औं ओभरको पहिलो र दोस्रो बलमा लगातार चौका प्रहार गर्दै फाइनल यात्रा पक्का गराएका थिए ।

पोखराका साहन अर्चाचिगे ४४ बलमा ७ चौका सहित सर्वाधिक ५३ रनमा अविजित रहे । बायाँ हाते विपिन रावल ३४ बलमा ३ चौका र १ छक्का सहित ४० रनमा अविजित रहे ।

चौथो विकेटका लागि विपिन र साहनले ८८ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । ओपनर तथा पोखरा प्रमुख ब्याट्सम्यान रिचार्ड लेभी चौथो ओभरको पाँचौं बलमा १४ रनमा रन आउट भएका थिए । स्पिनर भुवन कार्कीले उत्कृष्ट रन आउट गराउँदै भैरहवालाई महत्वपूर्ण सफलता दिलाएका थिए । ननस्ट्राइकका लेभी रन लिनेक्रममा केहि अघि बढेको समयमा भुवनले उत्कृष्ट रन आउट गराएका थिए ।

लेभीले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे । स्पिनर भुवन कार्कीले आठौं ओभरमा दुई विकेट लिँदै पोखरालाई दबाबमा राखेका थिए । दोस्रो बलमा युवा ओपनर रित गौतम एलबीडब्लूको धरापमा परे । १९ बल खेलेका रितले ६ रन बनाउँदै आउट भए । चौथो बलमा लोकेश बम शून्यमा बोल्ड आउट भएपछि पोखरा ३५–३ को अवस्थामा पुगेको थियो । उक्त कमजोर अवस्थाबाट विपिन र सहानले उत्कृष्ट ब्याटिङका साथ जित पक्का गराए ।

पोखरा फिल्डिङ पनि निकै कमजोर रह्यो । विपिन रावलले लगातार दुई जीवनदान पाएका थिए । धाम्मिका प्रसादको १५ औं ओभरको दोस्रो बलमा दुर्गेश गुप्ताले २३ रनमा क्याच ड्रप गरेका थिए । लगत्तै अर्को बलमा लङअनमा शार्विन मुनिआन्दीले क्याच ड्रप गरे । भैरहवाका भुवन कार्कीले २ विकेट लिए ।

त्यसअघि  टस हारेर ब्याटिङ थालेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । भैरहवाका कप्तान शरद भेषावकरले ३३ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ३२ रनमा अविजित रहे । आरिफ शेखले २४ बलमा १ चौका र १ छक्का सहित २७ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भैरहवालाई ओपनर रोहित कुमार पौडेल र प्रदीप ऐरीले पहिलो विकेटका लागि ४.२ ओभरमा ३२ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । नियमित ओपनर तमिम इकबाल चोटका कारण फिट नभएपछि रोहितले ओपनिङ गरेका थिए । तीव्र गतिका बलर किशोर महतोको पाँचौं ओभरको दोस्रो रोहित ठूलो सट खेल्नेधुनमा एज लागेर रिचार्ड लेभीबाट १८ रनमा क्याच आउट हुन पुगे ।

रोहितले १७ बलमा २ छक्का प्रहार गरे । पाँचौं ओभरमा प्रदीप मिड विकेटमा लेभीबाटै ११ रनमा समातिन पुगे । प्रदीपले ११ बलमा २ चौका प्रहार गरे । नवौं ओभरको तेस्रो बलमा मलेसियाली ब्याटर शार्विन मुनिआन्दीलाई असेला गुणरत्नेले ३ रनमा बोल्ड आउट गरे । दशौं ओभरको पहिलो बलमा साहन अर्चाचिगेले कुशल मल्ललाई १ रनमा बोल्ड आउट गरेपछि भैरहवा ५०–४ को कमजोर अवस्थामा पुगेको थियो ।

चार बलपछि प्रमुख ब्याटर उपुल थरंगा मिड विकेटमा रित गौतमबाट १० रनमा क्याच भएपछि भैरहवा समस्यामा परेको थियो । आरिफ शेखले ब्यक्तिग २५ रनमा जीवनदान पाएका थिए । विवेक यादवको १६ औं ओभरको चौथो बलमा विक्रम सोबले क्याच ड्रप गरेका थिए ।

पोखरा साहन अर्चाचिगेले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । किशोर महतोले ४ ओभरमा १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए । नन्दन यादवले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर १ विकेट लिए । असेला गुणरत्नेको नाममा १ विकेट रह्यो ।

भैरहवा पहिलो पटक इपिएल फाइनल नपुगि बाहिरिएको थियो । फाइनलमा शनिबार चितवन र पोखराबीच प्रतिस्पर्धा हुनेछ । यी दुबै टोली पहिलो पटक इपिएलको फाइनलमा पुगेका हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top