राजस्थानमाथि कोलकताकाे सानदार जित

२२ असाेज, एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्समाथि ८६ रनको सानदार जित निकाल्दै प्लेअफ नजिक पुगेको छ । यो जितसँगै कोलकता शीर्ष चारमा रहेर प्लेअफमा खेल्ने निश्चित जस्तै बनेको छ ।

बिहीबार राती शारजाहमा भएकाे खेलमा जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा ८५ रनमा अल आउट भएपछि कोलकता प्लेअफ औपचारिकता बाँकी छ । राजस्थानका लागि राहुल टेवाटियाले ३६ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए । शिवम दुबेले २० बलमा १ छक्का सहित १८ रन बनाए । कोलकता ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । यशस्वी जैसावल शून्य, लियाम लिभिङटोन, सन्जु स्यामसन १, अन्जु रावत शून्य, ग्लेन फिलिप्स ८ र जयदेव उनादकट ६ रनमा आउट भए ।

Advertisement

कोलकता युवा तीव्र गतिका बलर शिवम माभीले ३.१ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । लोकी फर्गुसनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । बरुणचक्रवर्ती र सकिब अल हसनले १–१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । कोलकता ओपनर सुभमन गिलले ४४ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५६ रन बनाए । वेंकटेश ऐरले ३५ बलमा ३ चौका र २ छक्का सहित ३८ रनको योगदान दिए । कोलकतालाई ओपनर १०.५ ओभरमा ओपनर गिल र ऐरले ७९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

नितिश राणा १२, राहुल त्रिपाठी २१, दिनेश कार्तिक १४ र ओईन मोर्गन १३ रन बनाए । राजस्थानका क्रिस मोरिस, चेतन सकारिया, राहुल टेवटिया र ग्लेन फिलिप्सले १–१ विकेट लिए ।

Advertisement

कोलकता प्लेअफ औपचारिकता बाँकी छ । कोलकता नेट रनरेटको आधारमा अन्तिम चारमा रहने पक्का जस्तै छ । मुम्बई इन्डियन्सले शुक्रबार सनराइजर्स हैदराबादाविरुद्ध खेल्दैछ । उक्त खेलमा कोलकतालाई पछि पार्न मुम्बईलाई २ सय ५० माथिको योगफल बनाउँदै १ सय ७१ रनको ठूलो फराकिलो जितको आवश्यक पर्छ । जसको कारण कोलकता प्लेअफ लगभग निश्चित बनेको छ ।

राजस्थान रोयल्स र पन्जाब किंग्स लिगबाटै बाहिरिएका छन् । हैदराबाद यसअघिनै बाहिरिएको थियो । दिल्ली शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ । चेन्नई सुपर किंग्स पनि क्वालिफार औपचारिकता बाँकी छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top