बेलायतले नेपाललाई ‘रेड लिस्ट’बाट हटायाे

२२ असाेज, एजेन्सी ।

बेलायतले कोभिड भाइरस नियन्त्रणका लागि यात्रा प्रतिवन्धित मुलुकहरुको सूची (रेड लिस्ट) बाट नेपाललाई हटाएको छ । ब्रिटिस सरकारले बिहीबार एक सूचना जारी गर्दै आउँदो ११ अक्टोबर सोमबार बिहान ४ बजेदेखि परिवर्तित नियम लागू गरिने जनाएको छ ।

सरकारले अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र द डोमिनिकन रिपब्लिक गरि ७ मुलुक मात्रै ‘रेड लिस्ट’ मा रहने घोषणा गरेको छ । यसअघि नेपाल लगायत ५४ वटा मुलुक बेलायत सरकारको ‘रेड लिस्ट’ मा थिए ।

Advertisement

ब्रिटिस यातायात मन्त्री ग्रान्ट साप्सले नयां नियमहरु ब्रिटेनमा अन्तर्राष्ट्रिय यात्रा खुला गर्ने दिशामा ‘एउटा नयाँ पाइला’ भएको बताएकाे बीबीसीले उल्लेख गरेको छ ।

‘रेड लिस्ट’ मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टाइन बस्दा एक कोठाको प्रति व्यक्ति २२८५ पाउन्ड, ११ वर्ष माथिकाले अतिरिक्त प्रति व्यक्ति १,४३० पाउन्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउन्ड तिर्नुपर्ने हुँदा नेपालसहितका यात्रुलाई निकै सास्ती भइरहेको थियो । नेपालबाट अध्ययनका लागि गएका विद्यार्थीसमेत चर्को मूल्य तिर्न बाध्य थिए ।

Advertisement

‘रेड लिस्ट’ बाट हटेसँगै अब होटल क्वारेन्टाइनको बाध्यकारी नियम हटेको छ । यात्रा गर्नुअघि पीसीआर टेस्टको नेगेटिभ रिपोर्ट भने जरुरी छ ।

दक्षिण एसियामा नेपालमात्र ‘रेड लिस्ट’ मा रहँदा बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाले सूचीबाट नेपाललाई हटाउन ब्रिटिस सरकारसँग अपिल गरेका थिए ।

दसैं-तिहार नजिकिइरहेका बेला बेलायतवासी नेपालीहरु समेत नेपाल जान बाटो खुलेपछि उत्साहित भएका छन् । सरकारको नयाँ घोषणाले अब बेलायत घुम्न (भिजिट भिसा) आउन पनि खुल्ला भएको छ । अब नोभेम्बर पहिलो साता लन्डनमा हुने पर्यटन क्षेत्रको कुम्भमेला वर्ल्ड ट्राभल मार्ट (डब्लूटीएम) मा नेपाल पनि सहभागी हुन पाउने भएको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top