प्रधान्यायाधीशको कोटामा जेठान गजेन्द्र हमाल मन्त्री बन्दै

२१ असोज ७८, शुक्रबार

काठमाडौं: प्रधानमन्त्रीका रुपमा शपथ खाएको तीन महिना पुग्न २ दिन बाँकी रहँदा शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

जननिर्वाचित प्रतिनिधिलाई मन्त्री बनउने संविधानको मूल मर्म विपरित देउवाले गैरसांसदलाई शपथ खुवाउने तयारी गरेका हुन् । यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाल नेपालगन्जबाट काठमाडौं आइसकेका छन् ।

लामो प्रतिक्षा र विवादपछि दलहरुले मंगलबार मन्त्रालय बाँडफाँड गरेका हुन् । मन्त्रिपरिषद्मा २५ सम्म सदस्य हुन सक्ने संवैधानिक व्यवस्था भएपनि सरकारसँग २१ मन्त्रालय छन् । त्यसैले एक प्रधानमन्त्री र तीन राज्यमन्त्री बाहेक मन्त्रिपरिषद्मा २१ मन्त्री हुन् सक्छन् ।

Advertisement

यसमध्ये कांग्रेस ७, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले ४४ पाउने गरी २० मन्त्रालय भागबन्डा गरिएको छ । एउटा मन्त्रालय किन बाँकी राखिएको हो ?

गठबन्धनका एक नेताले भने, ‘अहिलेसम्मको तयारीअनुसार शुक्रबार शपथग्रहण हुनेछ, अवस्था परिवर्तन नभएका त्यहाँ तपाईंले गजेन्द्र हमाललाई पनि देख्नु हुनेछ ।’ हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने तयारी छ ।

हमाल वा कुनै अज्ञात प्रतिनिधिले मन्त्री बनाउने विषयमा प्रधानमन्त्री शेउवा जस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवको सम्मति छ ।

‘नेताहरु प्रधानन्यायाधीशप्रति कृतज्ञ देखिनु हुन्छ, अझ नेकपा (एस) दर्ता सम्बन्धी विवादलगायत सरकारलाई अप्ठ्यारो पार्न सक्ने अन्य मुद्दा पनि सर्वोच्च अदालत जान सक्ने भएकाले प्रधानन्यायाधीशलाई चिढ्याउन हुँदैन भन्नेमा उहाँहरु संवेदनशील हुनुहुन्छ’, कांग्रेसकै असन्तुष्ट एक नेताले भने ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top