×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गजेन्द्र हमाल!

२२ आश्विन २०७८

२२ असोज, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पुराना नेता गजेन्द्र हमाललाई मन्त्री बनाउने तयारी गरेका छन्। सत्ता गठबन्धनका दलहरुबीच हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाउने सहमति भएको एक नेताले बताए।

Advertisement
Advertisement

उनैलाई मन्त्री बनाउने उद्देश्यले सो मन्त्रालय खाली राखिएको गठबन्धनका एक नेताको भनाइ छ। उनलाई मन्त्री बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा समाजबादीका अध्यक्ष माधवकुमार नेपाल तथा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसमेत सहमत भइसकेको जनाइएको छ।

यसअघि हमाललाई प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाउन खोजिएको भन्दै आलोचनासमेत भएको थियो।
हमालसँग राणाको नजिकको नाता सम्वन्ध रहेको छ।

कांग्रेस बाँकेका पूर्व सभापति रहेका हमाल तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई निर्वाचनमा हराउन लागि परेका थिए। तर, कोइरालालाई हराउन असफल भएपछि उनी कांग्रेसबाट टाढिँदै गए। उनका एक भाइ सुरेन्द्र हमाल अहिले कांग्रेसको प्रदेश सांसद रहेका छन्।

Advertisement

यस विषयमा हमालसँग प्रतिक्रिया लिन खोज्दा हमाल खासै बोल्न चाहेनन्। प्रधानमन्त्रीसँग भेट भएकोबारे भने उनले स्वीकारे। ‘प्रधानमन्त्रीलाई भेटेको हुँ। भेटपछि अलि अलि कुराकानी त हुन्छ नि,’ उनले भने ‘मन्त्री बनाए राम्रै हो। यो बारे धेरै नबोलौं।’

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top