कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ?

२२ असोज, काठमाडौं ।

नेपाली कांग्रेसको तर्फबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम लगभग टुंगो लागेको छ बझिएको । प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई समेटेर मन्त्रीको टुंगो लगाएका हुन् ।

कांग्रेसका एक नेताका अनुार पौडेल पक्षबाट मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडु मन्त्री बन्ने तयारीमा छन् । देउवाले पौडेल पक्षलाई रक्षा र कानुन मन्त्रालय दिने तयारी गरेका छन् ।

Advertisement

देउवाले अहिले कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनाउने तयारी गरेको ति नेताले जानकारी दिए । कांग्रेसको भागमा परेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मी र पुष्पा भुषालमध्ये एक जनालाई पठाउने तयारी छ ।

दुवै जना सभापति देउवानिकट हुन् । पूर्वमहामन्त्री सिटौला पक्षबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी छ । चौधरीलाइए युवा तथा खेलकूद मन्त्री बनाउने तयारीमा देउवा छन् । देउवाले झण्डै तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका छन् ।

गठबन्धनबाट देउवा गत २९ असारमा प्रधानमन्त्री बनेका थिए । देउवाले यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री बनाइसकेका छन् ।

देउवाले आफूनिकट बालकृष्ण खाँणलाई गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री, र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री बनाइसकेका छन् । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद् विस्तार र शपथ गराउने तयारी थालेका छन् ।

 

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top