ताइवानमाथि चीनले थिचोमिचो गरे सैन्य कदम चाल्ने अमेरिकाको चेतावनी

२१ असोज ७८, शुक्रबार

२२ असोज, एजेन्सी ।

Advertisement

अमेरिकाले चीन र ताइवानबीच बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ ।

ताइवानको आकाश र आसपासको समुद्री क्षेत्रमा बढ्दो चीनको सैन्य प्रभावलाई लिएर अमेरिकाले चासो व्यक्त गरेको हो ।

Advertisement

चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौँ फाइटर जेट उडाएपछि ताइवानले विरोध जनाइरहेको छ । ताइवानले आफूलाई स्वतन्त्र देश बताउँदै आएको छ ।

तर चीनले भने ताइवानलाई बृहत् चिनको एक महत्त्वपूर्ण अङ्ग मान्दै आएको छ । ताइवानमाथि चीनको थिचोमिचो बढ्दै गए आफूहरुले पनि सैन्य कदम चाल्न बाध्य हुनुपर्ने दिन आउन सक्ने अमेरिकाले चेतावनी दिएको बीबीसीको खबरमा उल्लेख छ ।

Advertisement

चीन र ताइवानबीच सन् १९४९ देखि विवाद चल्दै आएको छ । विश्वका १५ देशले मात्र ताइवानलाई स्वतन्त्र राष्ट्र मान्छ भने अरु देशहरुले ताइवानलाई चीनको एउटा प्रान्तका रुपमा मान्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top