प्रतिनिधि सभामा एमालेको नारा : ‘कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन’

२२ असाेज, काठमाडौं ।

Advertisement

नेकपा एमालेले आजपनि संसदमा नाराबाजी गरेकाे छ। शुक्रबार दिउँसो बसेकाे प्रतिनिधि सभा बैठकमा एमाले सांसदले कालो धन चाहिँदैन, देश लुट्न पाइदैंन भन्दै नाराबाजी गरेका हुन्।

सभामुख अग्नि सापकोटाले जनसरोकारका विषय उठाउनुपर्ने भएकाले बैठक अवरोध नगर्न अनुरोध गरेका छन्।  सभामुख सापकोटाले १४ सांसदको सूची सार्वजनिक नगरेको भन्दै पटक पटक संसद अवरोध गर्दै आएको छ। कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ।

Advertisement

अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ। एमालेले भदौ १ गते नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न सभामुखलाई पत्र पठाएको थियो। एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top