×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निजामती सेवा विधेयक फिर्ता लिएर सरकारले उल्टो काम गर्याे: सुवाष नेम्वाङ

२२ आश्विन २०७८

२२ असाेज, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ । एमालेका संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको सो विधेयक संसदबाट फिर्ता गरेर सरकारले साह्रै बेठिक र उल्टो काम गरेको प्रतिक्रिया दिएका हुन् ।

Advertisement
Advertisement

शुक्रबार संसद बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै विधेयकहरुलाई फिर्ता लैजाने र अध्यादेशमार्फत् विधेयक ल्याउने काम गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत दिए । उनले भने ‘लामो समय समितिमा छलफल गरेर यहाँहरुले देखिराख्नु भएको छ । निजामती विधेयक कति समय समितिमा छलफल भयो । त्यत्रो समय लिएर बल्लबल्ल तपाई हामी सबैको दवाव चाँडो ल्याउ, चाँडो पास गर भनि राखेको यो विधेयक हो । बल्लबल्ल संसदमा प्रवेश ग¥यो । संसदमा त्यतिन्जेल रह्यो । अव अहिले आएर त्यसलाई फिर्ता लैजाने भनेर सरकारले फिर्ता लिने काम ग¥यो । यो साह्ै बैठिक र उल्टो काम भईराखेको छ । संसदमा विधेयक नै नल्याउने, भएको विधेयकलाई फिर्ता लैजाने अनि के गर्ने ? यो बेठिक हो । यो बास्तवमा गर्नेलाई भन्दा देख्नेलाई लाज भन्छन नि हाम्रो गाउँघरतिर । तपाईहरु आफैले पनि देखिराख्नु भएको छ ।’

Advertisement

उपनेता नेम्वाङले सरकारले आफूहरुको कारणले कुनै पनि विधेयक नरोकेको पनि स्मरण गराए । तर सरकारले अध्यादेशको बाटो रोजेर निजामती सेवा विधेयक फिर्ता लिनु उपयुक्त नभएको उनको तर्क थियो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top