काठमाडौंमा तीन दिनमा ७० हजार खोप लगाइँदै

२२ असाेज, काठमाडाैँ ।

काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सूरु गरेको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम शुक्रबारबाट सुरु गरिएको जानकारी गराएका हुन् ।

३ दिनसम्म चल्ने यो खोप महानगरपालिका अन्तरगतको ३२ वटा बडाको ३४ स्थानबाट लगाउन पाउने व्यवस्था गरिएको छ । चाडपर्वका कारण भिडभाड हुने र कोभिड–१९ को पनि जोखिम बढने भएकाले त्यसैलाई मध्यनजर राखेर सो खोप कार्यक्रम संचालनमा ल्याइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले तत्कालका लागि ७० हजार खोप जिल्ला जनश्वास्थ्य कार्यालयबाट व्यवस्था गरिएको र त्यसले नपुगे थप खोपको व्यवस्था पनि हुने बताए । उनले भने, ‘काठमाडौं महानगरपालिका भित्र आज असोज २२ गतेदेखि ३ दिन सम्म चाडपर्वलाई लक्षित गरेर मानिसहरुको भिडभाड हुने अनि सार्वजनिक यातायात आवतजावत गर्दा पनि भिडभाड हुने भएकाले त्यस्ता गतिविधिलाई समेत न्यूनिकरण गर्ने उद्देश्यले पनि यो खोपलाई प्रायोरिटी दिइएको हो । चाडपर्वलाई लक्षित यो खोप कार्यक्रम काठमाडौं महानगरपालिका भित्रका ३२ वटै वडाको ३४ वटा खोप केन्द्रबाट आज, भोली र पर्सी ३ दिन पहिलो चरणको भेरोसेल खोप लगाउने कार्यक्रम रहेको छ ।’

Advertisement

काठमाडौं महानगरपालिकाले विरामी नागरिकहरुलाई भने लाईन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको जानकारी गराएको छ । स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले विरामीहरुका लागि लाईन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको बताए। उनले पहिलो चरणको यो भेरोसेल खोप लगाउनेहरुलाई दशैं तिहारको बीचमा दोस्रो चरणको खोप लगाउने पाउने व्यवस्था मिलाउने जानकारी समेत दिए ।

काठमाडौं महानगरपालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने कार्यमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ । परिचय पत्र नखुलेका नागरिकले वडा कार्यालयको सिफारिसमा सो खोप लगाउने पाउने व्यवस्था पनि गरिएको स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले बताए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top