दशैँमा हाेसियारपूर्वक खानपान गर्न आवश्यक : पाेषणविद्

२२ असोज ७८, शनिबार

२३ असाेज, काठमाडौं ।

दशैँ नजिकिँदै छ । दशैँको धार्मिक, सामाजिक पक्ष र महत्व आफ्नै ठाँउमा छ, यसको सांस्कृतिक पक्ष पनि छ ।

खासगरी, आफन्तहरुसँग बसेर रमाइलो गर्ने, टीका जमरा लगाउने र मान्यजनबाट आशिर्वाद लिने एउटा महत्वपूर्ण अवसर पनि हो, दशैँ पर्व । त्यस्तै, दुःख गरेरै भए पनि मिठो मसिनाे खानुपर्ने रुपमा सदियौँदेखि दशैँलाई लिइदैँ आएको छ ।

दशैँ लागेसँगै हाम्रो खानपानमा समेत परिवर्तन आउँछ । विशेषतः विभिन्र परिकार तथा मासुजन्य पदार्थको प्रयोग यस समयमा बढी हुने गर्दछ । अरु समयमा भन्दा दशैँमा खसी, बोका तथा च्याङ्ग्राको माग पनि अत्याधिक हुनेगर्छ ।

हाम्रो समाजमा दशैँको समयमा ऋण काढेरै भए पनि मासु जोहो गर्ने चलन छ । मानिसहरु दशैँको चाडलाई माछा मासुसँग पनि जोडेर हेर्छन् । यसैले दशैँ भन्ने बित्तिकै मासु र यसका परिकारले धेरैको मुख रसाउँछ । पौष्टिक दृष्टिकोणले माछा मासु पौष्टिक वस्तु हो ।

मासु आफैँमा पनि चिल्लो पदार्थ हो तर यसलाई तेलमा लपक्क पकाउँदा चिल्लो पदार्थको मात्रा अत्यधिक हुने गर्दछ । तर, आवश्यकता भन्दा बढी खाएमा यसले नकारात्मक असर गर्न थाल्दछ ।

स्वस्थ मानिसले कति मात्रा मासु खाने भन्ने कुरा नबुझ्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको छ । पोषणविद् डा. उत्तम आचार्यले दशैँको समयमा माछा मासु खाँदा विशेष ख्याल गर्नुपर्ने बताउनुभएको छ । मासु आफैँमा पनि चिल्लो पदार्थ बढी भएको खाद्य पदार्थ भएकाले धेरै तेलमा पकाएर खाँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न सक्ने उहाँले बताउनुभयो ।

स्वास्थ्यको लागि रातो मासु भन्दा सेतो मासु बढी स्वस्थकर भएको कारणले सकेम्म कुखुरा तथा पंक्षीजन्यको मासु प्रयोग गर्नु उपयुक्त हुने उहाँ बताउनुहुन्छ । मासु कतिमात्रामा खाने भन्नेकुरा उमेरका आधारमा निर्भर रहने भएकाले कम उमेर समूहकाले भन्दा दीर्घरोगी, मोटोपना बढी भएका तथा ज्येष्ठ नागरिकहरुले कम खान उहाँले सुझाउनुभएको छ ।

मासुसँगै मदिरा पनि खाने गरेका कारण यसले मुटुको पनि समस्या निम्त्याउन सक्ने आचार्यको भनाइ छ । ‘दशैँको बेला मानिसहरुले अन्य सागसब्जीहरु कम खाने तर मासु बढी खाने गर्दछन्, त्याे गलत हो, बेलाबेला फलफूल र सागसब्जी पनि खानुपर्दछ ’, उहाँले भन्नुभयो । खसी, बोकाको तुलनामा माछाको मासु स्वस्थकर मानिने उहाँको भनाइ छ । गाेरखापत्र

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top