माइतीघरबाट पक्राउ परेकी रुवीलाई २४ घण्टाभित्र सशरीर उपस्थित गराउन सर्वोच्चको आदेश

२४ असोज, काठमाडौं ।

Advertisement

सर्वोच्च अदालतले आइतबार राति माइतीघर मण्डलाबाट पक्राउ परेकी नेपालगञ्‍जकी रुवी खानलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश जारी गरेको छ।

न्यायको खोजीमा नेपालगञ्‍जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिलासहितको १४ जनाको टोलीलाई माइतीघरमा शुक्रबार साँझ धर्ना बसिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई बहुविवाहको मुद्दामा रातारात नेपालगञ्‍ज पु¥याएको थियो।

Advertisement

पक्राउपछि रुवीको अवस्था अज्ञात भएको भन्दै अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्। निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आइतबार प्रहरी वृत्त लैनचौर काठमाडौंमाथि यस्तो आदेश जारी गरेको हो।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरलाई कारण देखाऊ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन भनेको छ।

Advertisement

बाँकेको नेपालगञ्‍ज उपमहानगरपालिका–७ का स्थायी बासिन्दा रुवीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै शनिबार र आइतबार माइतीघरमा प्रदर्शनसमेत भएको छ। प्रहरीले उनलाई पुरानो मुद्दामा नेपालगञ्‍ज लगेको सूचना हालसम्म गोप्य राखेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top