२५ असोज, पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना सामान्य घाइते भएका छन् ।

साेमबार पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

मृतकको शव पोखरा ल्याइँदै गरेको उनले बताए । घटनास्थलमा पुगेका अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिम बहादुर गुरुङले घटनाकाे पुष्टि गर्दै गाडीमा दशैंको बिदाका बेला घान्द्रुक जान हिँडेका ‘पर्यटकहरु’ रहेकाे बुझिएकाे बताए ।

दुर्घटनाको कारण र मृतकको परिचय भने खुलिसकेको छैन ।

Scroll to Top