८ कार्तिक, काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । जुन आइतबारको भन्दा ३ सय रुपैयाँले बढी हो । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
