×

NEPAL TIMES UPDATES

Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026

आक्रमणबाट बाँचेका इराकी प्रधानमन्त्रीले गरे शान्ति वार्ताको आह्वान

२१ कार्तिक २०७८

२१ कार्तिक, एजेन्सी ।

इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीले आइतबार आफ्नो आधिकारिक निवासलाई लक्षित गरी ड्रोनद्वारा गरिएको हत्या प्रयासको आलोचना गर्दै देशको भविष्यका लागि सबै इराकीहरूबीच शान्ति वार्ताका निम्ति आह्वान गरेका छन् ।

Advertisement

अल–काधिमीले आफ्नो आधिकारिक ट्विटर पेजमा पोस्ट गरिएको भिडियोमा आफू र आफ्नो निवासमा रहेका अन्य कामदारहरू सुरक्षित रहेको पुष्टि गर्दै ‘कायरतापूर्ण’ क्षेप्यास्त्र र कायर ड्रोनले मातृभूमि वा भविष्य (देशको लागि) निर्माण गर्दैन भन्दै राज्य र यसका संस्थाहरूलाई सम्मान गरेर मात्र सबै इराकीहरूको लागि राम्रो भविष्य सृजना गर्न सकिने बताउँदै सबल र सुन्दर मातृभूमि निर्माण गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।

‘म सबै पक्षहरूलाई इराक र यसको भविष्य निर्माण गर्न शान्ति वार्ताको सहारा लिन आह्वान गर्दछु’, अल–काधिमीले आफ्नो भाषणमा उल्लेख गरेका छन् ।

बिहानको समयमा अल–काधिमी इराकी सरकार र विदेशी दूतावासका केही मुख्य कार्यालयहरू रहेको बलियो सुरक्षायुक्त ग्रीन जोन स्थित उनको निवासमा बुबी–ट्रप ड्रोनद्वारा आक्रमण गरिएको थियो ।

गत महिनाको चुनावी नतिजालाई अस्वीकार गर्ने राजनीतिक दलका अनुयायीहरूले गरेको विरोधको बीचमा हत्याको प्रयास भएको हो ।

शुक्रबार प्रदर्शनले ग्रीन जोनको प्रवेशद्वारमा सुरक्षाकर्मीहरूसँग झडपको उग्र रूप लिएको थियो जसमा दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

गत अक्टोबर १० मा भएको संसदीय चुनावको मतपरिणामबाट असन्तुष्ट राजनीतिक दलहरूले चुनावमा धाँधली भएको र ‘बनावटी परिणाम’ स्वीकार नगर्ने भन्दै विरोध गर्दै आएका छन् ।

इराकी स्वतन्त्र उच्च निर्वाचन आयोगले राजनीतिक दलहरूद्वारा पेश गरिएका अपील र गुनासोहरूलाई विचार गरिरहेको बेला राजधानी बगदादलगायत इराकी शहरहरूमा चुनावी परिणामहरूलाई अस्वीकार गर्ने राजनीतिक दलहरूका अनुयायीहरू सडकमा आन्दोलित छन् ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top