सर्वाेच्चका न्यायाधीशहरु र बारबीचको छलफलको निष्कर्ष के ?

२९ कात्तिक ७८, मंगलबार

३० कात्तिक, काठमाडाैँ ।

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच न्यायालयमा देखिएको समस्या समाधानको सम्बन्धमा छलफल भएको छ ।बार एशोसिएसन र न्यायाधीशहरुबीच मंगलबार न्यायालयको समस्या समाधानको विषयमा छलफल भएको हो ।

छलफलका क्रममा न्यायाधीशहरुले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता जनाउँदै समस्या समाधानको सम्बन्धमा आफूहरु छलफलमा रहेको बताएको नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । बारले प्रधानन्यायाधीशको राजीनामा नै आफूहरुको बटम लाइन रहेको छलफलका क्रममा राखेको उनले बताइन् । उनले भनिन् – ‘माननीय न्यायाधीशहरु पनि सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति अत्यन्त चिन्तित हुनुहुन्छ । र उहाँहरुपनि ग्रेसफुल इक्जीट के हुन्छ भन्ने कुरामा हामीले पनि खोजिरहेका छौँ । सोचिरहेका छौँ । र छलफल गरिरहेका छौँ भनेर उहाँहरुले हामीलाई बताउनुभयो । हामीले त्यहाँ निकै संवेदनशील ढंगले हाम्रा विषयहरु, हाम्रो बटमलाइन उहाँहरुसँग राखेका छौँ र हामी न्यायपालिकाको समग्र सुधारको विषयमा भएको हुनाले प्रधानन्यायाधीशको राजिनामा हाम्रो बटम लाइन हो भन्ने कुरा पनि हामीले राखेका छौँ ।’

उपाध्यक्ष बस्यालका अनुसार न्यायाधीशहरुले न्यायपालिकाको विकृति र विसंगतिको सम्बन्धमा कुनैपनि सम्झौता नहुने जनाएका छन् । न्यायालय सुधारकै निम्ति आफूहरुले योगदान दिने न्यायाधीशहरुले बताएको उपाध्यक्ष बस्यालको भनाई छ । उनले भनिन् – ‘उहाँहरु सेवाग्राहीलाई सेवाबाट जुन वञ्चित हुनुपरेको छ । यसको बारेमा उहाँ अत्यन्त चिन्तित हुनुहुन्छ । दोस्रो न्यायपालिकाभित्रका विकृति, विसंगतिको बारेमा उहाँहरु हामी पनि कम्परमाइज गर्दैनौँ । जे–जस्तो सुधार हो त्यसको लागि हामी पनि पहल गर्छौ । हाम्रोपनि योगदान रहन्छ भनेर भन्नुभएको छ ।’

नेपाल बार एशोसिएसनले कार्यसमितिको बैठकबाट आगामी आन्दोलनको कार्यक्रम घोषणा गर्ने उपाध्यक्ष बस्यालले बताइन् ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top