विराटनगर,साउन २३
क्यारेबियन प्रिमियर लिग(सिपीएल) आजबाट सुरू हुँदैछ । विभिन्न ६ टोलीले सहभागी जनाउने प्रतियोगितामा नेपाली युवा बलर सन्दीप लामिछानेले पनि खेल्दैछन् ।
सन्दीपलाई सेन्ट नेभिस एण्ड प्याट्रिओट्सले ५ हजार डलरमा अनुबन्ध गरेको हो । सीपीएल खेल्नका लागि सन्दीप नेदरल्याण्ड्सबाट आइतवार नै वेष्टइन्डिज पुगिसकेका छन । सन्दिपको टिमको नेतृत्व वेष्टइन्डिजका स्टार क्रिस गेलले गर्नेछन ।
प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा सन्दिपको टोली प्याट्रिओट्सले भोली गुएना अमेजन वारियर्ससँग खेल्नेछ । आजको उद्घाटन खेलमा साविक विजेता ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया स्टारबीच हुनेछ । खेल नेपाली समयअनुसार राति ११ः४५ बजे गुएनामा हुनेछ ।