हामी एकले अर्कोलाई खुइल्याउनुपर्ने, बाह्य शक्तिले त त्यही खोजिरहेको छ : केसी

१० मंसिर, चितवन ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु आपसमा मिल्न नसक्दा मुलुकमा बाह्य शक्तिले खेलिरहेको बताएका छन् ।

चितवनमा नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभित्र एकले अर्को दललाई खुइल्याउने काम भएकाले बाह्य शक्तिले खेलिरहेको बताएका हुन् ।

उनले भने, ‘बाह्य शक्ति खेल्छ त । हामी लडाइ गर्नुपर्ने एकले अर्कोलाई खुइल्याउनुपर्ने । बाह्य शक्तिले त त्यही खोजरिहेको छ ।’ उनले विश्वमा कम्युनिस्ट आन्दोलन कमजोर भएका बेला नेपालमा पनि कम्युनिस्ट पार्टीमा टुटफुट आएको भन्दै कम्युनिस्ट पार्टीको अन्तरविरोधमा बाह्य शक्तिले खेल्न खोजेको बताए ।

अहिले गणतन्त्र र धर्मनिरपेक्षता चाहने सबै शक्ति एक ठाउँमा रहनुपर्ने पनि उनले बताए । मुलुकको अहिलेको अवस्थाका कारण निराशा बढिरहेको पनि केसीले बताए ।

संसद्, सरकार र न्यायपालिकामा जारी विवाद, अस्तव्यवस्तताको जिम्मेवारी राजनीतिक दलहरूले लिनुपर्ने बताएका छन् । ‘अहिले जसरी मुलुक जानुपर्ने हो त्यसरी गएको छैन, कार्यकारीमा राम्रो वातावरण छैन । न्यापालिकामा पनि रामो स्थिति छैन, निराशा छ । हामी एउटाले अर्कोलाई दोष लगाइरहेका छौं’ उनले भने, ‘अहिलेको अराजकता र नैराश्यता पनि हामो कारणले भएको हो, नेपाली जनताका अगाडि इमान्दारिताका साथ स्वीकार्नुपर्छ ।’

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top